काठमाडौं । नेकपा एमालेका नेता आनन्द पोखरेलले नेपालमा धेरै दल भएका कारण नै राजनीतिक अस्थिरता भएको टिप्पणी गरेका छन् ।
राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
बोल्दै उनले दुई दलबिच भएको सहमति हिजोबाट कार्यान्वयन सुरु भइसकेकोले अब बाँकी सहमतिका बुँदाहरू पनि बिस्तारै कार्यान्वयन हुने दाबी गरे ।
उनले कांग्रेस र एमालेबिच चौथो पटक संयुक्त सरकार बन्न लागेको भन्दै जनता र नागरिक समाजमा देखिएको आशंका हटाउनेगरि अब बन्ने सरकारले काम गर्ने दाबी गरे । उनले कांग्रेस र कम्युनिस्ट मिलेर आन्दोलन गर्दा देशमा ठुला ठुला परिवर्तन भएको र सत्ता नै परिवर्तन भएको इतिहास स्मरण गराए ।
प्रतिक्रिया लेख्नुहोस्:-