Monday, August 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाले मनायो भानु जयन्ती

असार ३०, २०७७ ५:४३ मा प्रकाशित
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

एनआरएनए एनसीसी अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिले २०७ औं भानु जयन्ती मनाएको छ । नेपाली भाषाका आदिकवि भानुभक्तको जन्मदिनको अवसरमा समितिले जुम मार्फत ‘साहित्यिक चौतारी’ कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गर्नुका साथै एनआरएनएसँग मिलेर साहित्यिक उत्थानमा सहकार्य गर्ने बताए । कुलपति उप्रेतीले एउटा कवितासमेत पाठ गरेका थिए । त्यसैगरि समारोहका अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ ले भानुको नेपाली साहित्य र समाजमा परेको प्रभावका विषयमा चर्चा गरी नेपाली शब्दकोश एप, भानु पुरस्कार तथा प्रवासी साहित्यकारको कृति प्रकाशित गर्नेजस्ता प्रज्ञा प्रतिष्ठनका योजना सुनाउँदै आफ्नो सशक्त कविता पनि प्रस्तुत गरेका थिए । एनआरएनए एनसीसी अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिका संयोजक सर्वज्ञ वाग्लेद्वारा सभाको सभापतित्व गर्दै दीपप्रज्ज्वलन एवं आदिकवि भानुभक्त आचार्यको तस्बीरमा माल्यार्पण गरी कार्यक्रमको प्रारम्भ गरेका थिए । कार्यक्रममा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनील शाह, क्याालिफोर्निया च्याप्टरका अध्यक्ष सुरेन्द्र मल्ल, अनेसास बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष पदम विश्वकर्मा, निजानन्द मल्ल लगायतका अतिथिहरूले भानुभक्तको योगदान र रचनाका साथ शुभकामना व्यक्त गरेका थिए । राजेन्द्रप्रसाद अर्यालले स्वागत मन्तव्य दिएको कार्यक्रममा मुरारी गुरागाईको संगीतमासरु गुरागाईले भानुभक्तको रामायण सुमधुर रुपमा वाचन गरेकी थिइन । कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिका, राम कुमार सुवेदी, छत्रपति दाहाल, डा. ऋषि बास्ताकोटी, कृष्ण कुमारी पौडेल, प्रकाश भट्ट, खेमराज पोखरेल, लेखनाथ काफ्ले, सीता अर्याल, डा. दुर्गाप्रसाद अर्याल, नम्रता गुरागाईं, रीता देवी प्रधान, भावना खतिवडा, प्रकाश पाण्डे, गीता बजगाईं, मित्र पौडेल, प्रकाश नेपाल, तेज विनोद, पशुपति पराजुलीलगायतका साहित्यकारहरुले कविता, गजल, गीत, मुक्तक तथा आदिकवि भानुभक्त आचार्यका रचनासमेत वाचन गरेका थिए । पीपलमणि सिग्देल, प्रकाश पाण्डे तथा गीता बजगाईंले संचालन गर्नुभएको कार्यक्रममा कृष्ण कुमार गिरीले धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result