काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप २६० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ हजार ८४४ नमूना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै सक्रिय संक्रमित संख्या एक हजार १७१ पुगेको छ। आज ४८ जना संक्रमित निको भएका छन्। पछिल्ला केही दिनदेखि कोरोना संक्रमण दर तीब्र रुपमा बढिरहेको छ । काठमाडौं उपत्यकामा कोरोना हटस्पट बन्ने सम्भावना बढ्दै गएको छ ।






प्रतिक्रिया लेख्नुहोस्:-