Thursday, February 12, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया

असार २९, २०८० ११:१५ मा प्रकाशित
नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया
Share on FacebookShare on Twitter

अमेरिका ।
उत्तर अमेरिकामा रहेको नेपाली समुदायलाई सूचना सम्प्रेषण गर्न उत्तर अमेरिकामा सञ्चालित नेपाली डायस्पोरा लक्षित सञ्चारमाध्यमहरूको भूमिका महत्त्वपूर्ण रहेको एक कार्यक्रममा औंल्याइएको छ ।

उत्तर अमेरिकाबाट सञ्चालित नेपाली डायस्पोरा लक्षित सञ्चचारमाध्यमका सम्पादकहरूसँग नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले जुलाई ९, २०२३ मा आयोजना गरेको “उत्तर अमेरिकामा सञ्चालित सञ्चारमाध्यमको अवस्था, सम्भावना र चुनौती” विषयक भर्चुअल अन्तरक्रियामा सहभागीहरूले लक्षित वर्गका लागि सूचना सम्प्रेषणमा प्रभावकारी भूमिका निभाएका सञ्चारमाध्यमहरूको व्यावसायिक विकासको सवाल भने चिन्ताको विषय रहेको धारणा राख्नुभयो । समुदायमा रहेर पत्रकारिता गरिरहँदा र समुदायसँग केन्द्रित सञ्चारमाध्यम सञ्चालन गरिरहँदा व्यावसायिक विकासविना यसको निरन्तरताको विषय अहम् चुनौतीको रूपमा रहेको सहभागीहरूको भनाइ थियो ।

नेपाली भाषाको विस्तार,डायस्पोरामा हुर्कंदो नेपाली पुस्तालाई नेपाली भाषासँग जोड्न, संस्कृति प्रवर्धन र समुदायलाई एकताबद्व बनाउने दिशामा नेपाली डायस्पोरा लक्षित सञ्चारमाध्यमहरूले भूमिका खेल्दै आए पनि अपेक्षाकृत रूपमा गुणात्मक विकास हुन नसकेको भन्दै सहभागीहरूले चिन्ता व्यक्त गर्नुभयो । नेजाले सञ्चारमाध्यमको व्यावसायिक विकास तथा समयसापेक्ष रूपमा प्रविधियुक्त पत्रकारितामा अभ्यस्त बनाउन पत्रकारहरूको क्षमता अभिवृद्धि लक्षित कार्यक्रम गर्न सहभागीहरूको सुझाव थियो ।

नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता, उपाध्यक्ष सुजन पण्डितको स्वागत मन्तव्य र महासचिव बाबुराम दाहालको सञ्चालनमा भएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष तथा नेपाली पोष्ट डट कमका प्रधान सम्पादक गिरीश पोखरेल, संघका पूर्वअध्यक्ष तथा एभरेष्ट टाइम्स न्युजका प्रधान सम्पादक आङछिरिङ शेर्पा, नेजाका पूर्वअध्यक्ष एवं ग्लोब नेपाल डट कमका प्रधान सम्पादक गौतम दाहाल, नेजाका पूर्वअध्यक्ष एवं रियल खबर डट कमका प्रधान सम्पादक भोला आचार्यको सहभागिता रहेको थियो ।

यसैगरी, बीआरटी नेपाल डट कमका प्रधान सम्पादक लोकमणि राई, क्यानाडा खबर डट कमका सम्पादकद्वय बद्री तिमल्सिना र प्रकाश क्षेत्री, डीसी नेपालका विशेष संवाददाता अर्जुन दाहाल, दुरबिन नेपालका सम्पादक शिव नेपाल, घन्टेश्वर अनलाइन डट कमका प्रधान सम्पादक शंकर थापा, हिमालय खबर डट कमका प्रधान सम्पादक बिजय घिमिरे, खसोखास डट कमका सम्पादक दीपक परियार, नेप्लिज डायस्पोरा डट कमका प्रधान सम्पादक सतीश चापागाईं, नेपाल टच डट कमका सम्पादक बेनुप भट्टराई, ओएस नेपाल डट कमका सल्लाहकार सन्दीप चौधरी, सञ्जाल खबर डट कमका प्रबन्ध सम्पादक हरि सुवेदी, यूएस खबर डट कमका प्रधान सम्पादक किशन रेग्मी, सम्पादक ओम आचार्य, विश्व न्युज डट कमका निर्देशक योगेश आदी सहभागी थिए ।यस्तै, अन्तरक्रियामा नेजाका सचिव प्रतिमा बाँस्कोटा, क्षेत्रीय संयोजहरू रोशन अधिकारी, सुपेन्द्र बस्नेत, शंकर थापा, सिर्जना काफ्ले, गोकर्ण लामिछाने, कार्यसमिति सदस्य ईश्वरी न्यौपाने, नेजाका सदस्यहरू सन्तोषी अधिकारी, गोपाल गर्तौला, सञ्चारकर्मी लक्ष्मी क्षेत्रीलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result