काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उच्च बृद्धि भएको छ ।
आज धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५२.९७ अंकले बढेको हो । सात अर्ब ६२ करोड चार लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।
कारोबारमा आएका १३ वटै समूहका परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि वाणिज्य बैंक र हाइड्रोपावर समूहको भएको छ । वाणिज्य बैंकको परिसूचक ३.७४ प्रतिशतले बढेको छ । हाइड्रपावर समूहको परिसूचक ३.३० प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-