Thursday, February 12, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तीन वर्ष ढिला गरी सम्पन्न भयो ढल्केबर सवस्टेशन

असार ३१, २०७५ ११:२५ मा प्रकाशित
तीन वर्ष ढिला गरी सम्पन्न भयो ढल्केबर सवस्टेशन
Share on FacebookShare on Twitter

काठमाडौँ, ३१ असार / तोकिएको समयभन्दा करीब तीन वर्ष ढिला गरेर ढल्केबर सवस्टेशन निर्माण सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सो सवस्टेशनमा जडान गरिएको ट्रान्सफर्मर चार्ज सम्पन्न भएको जानकारी दिएको छ । सो सवस्टेशनलाई नेपालको प्रसारण हवका रुपमा समेत लिइने गरिन्छ ।

चिनियाँ ठेकेदार कम्पनी सिसिपिजीबीच २९ जेठ २०७१ मा सम्झौता भएको थियो । सम्झौताअनुसार १५ महिनाभित्र सम्पन्न हुनुपर्ने थियो । तर तोकिएको समयभन्दा तीन वर्ष ढिला गरी सवस्टेशन निर्माण सम्पन्न भएको छ ।

तर ठेकेदारले तोकिएअनुसारको काम नगरेपछि प्राधिकरणले सन् २०१७ को २२ सेप्टेम्बरमा ठेक्का सम्झौता रद्द गरेको थियो । सो सवस्टेशन निर्माणका लागि शुरुमा चिनियाँ ठेकेदार सिसिपिजीले लिएको थियो ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले १६० एमभिए क्षमताको दुई वटा ट्रान्सफर्मर चार्ज भएको बताउनुभयो ।

नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको सवस्टेशनमा २२०÷१३२ केभी क्षमताको सवस्टेशनको एउटा ट्रान्सफर्मर शनिबार साँझ र अर्को आज अपराह्न परीक्षण गरिएको हो ।

ठेक्का तोडिएपछि सो सवस्टेसनको काम अन्योलमा फसेको थियो । नेपालका अधिकांश सवस्टेशनको क्षमता १३२ केभीमात्रै रहेको अवस्थामा आज चार्ज भएको ढल्केबर सवस्टेशनको क्षमता २२० केभी रहेको छ ।

आगामी वर्ष सोही सवस्टेशनको क्षमता बढाएर ४०० केभी पु-याइने प्रवक्ता अधिकारीको भनाइ छ ।

तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले २०७३ साल भदौ ४ गते चिनियाँ ठेकेदार सिसिपिजीलाई चार महिनाभित्र सवस्टेशनको निर्माण सक्न निर्देशन दिनुभएको थियो ।

तर मन्त्री शर्माको निर्देशनअनुसार काम हुन सकेन । पटक पटक म्याद थप गरियो । त्यसपछि ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुग्नुभएका तत्कालीन ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले पनि ठेकेदार कम्पनीलाई राष्ट्रिय आवश्यकताको सम्मान गर्दै समयमा नै काम सम्पन्न गर्न २०७४ साउन २६ गते निर्देशन दिनुभयो ।

तर निर्माण प्रक्रियाले गति लिन सकेन । बाध्य भएर प्राधिकरणले गत साल असोज ६ गते ठेक्का सम्झौता रद्द ग-यो ।

चिनियाँ ठेकेदारसँग ठेक्का सम्झौता तोडिँदा सवस्टेशनको काम ९० प्रतिशत पूरा भएको थियो ।

तोकिएअनुसारका काम सम्पन्न गर्ने लक्ष्यसहित प्राधिकरणले भारतीय ठेकेदार टेल्मसलाई जिम्मा दियो । पावर ट्रान्सफर्मर सप्लाइ र जडानका लागि पहिले नै अलग ठेक्का पाएको कम्पनी एम्कोले जिम्मा लिएको एक वर्षको अवधिमा नै सवस्टेशन चार्ज भएको छ, प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

सवस्टेशन २२० केभीमा चार्ज भएपछि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट २६० मेगावाट बढी विद्युत् आयात तथा निर्यात गर्न सकिने प्राधिकरणको भनाइ छ ।

आगामी वर्ष सवस्टेशनको क्षमता बढेर ४०० केभी पुग्ने र त्यसबाट एक हजार मेगावाट क्षमताबराबरको विद्युत् आदानप्रदान गर्न सकिनेछ ।

हाल १३२ केभी क्षमताबाट १६० मेगावाटबराबरको विद्युत् आयात भइरहेको छ । सोही सवस्टेशन भएर आउने अन्तरदेशीय प्रसारण लाइनको विद्युत् नेपालका लागि सस्तो रहेको छ ।

ढल्केबरमा २२० केभी सवस्टेशन सञ्चालनमा आएपछि अन्य नाकाबाट आयात हुने बिजुली कटौती गरी सोही प्रसारणलाइनबाट आपूर्तिको तयारी पनि गरिएको छ ।

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनका लागि प्राधिकरणले वार्षिक रु एक अर्बभन्दा बढी रकम उपलब्ध गराउँदै आएको छ ।

इनर्जी बैंकिङका लागि मार्ग प्रशस्त

आगामी पुस समान्तसम्म माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा छ । सो आयोजना सम्पन्न भएपछि आगामी वर्षको बर्खामा विद्युत् खेर जाने अवस्था आउने प्राधिकरणले प्रक्षेपण गरेको छ । माथिल्लो तामाकोशीका अतिरिक्त निजी र सार्वजनिक क्षेत्रबाट धेरै आयोजना सम्पन्न भई विद्युत् उत्पादन थप हुने भएपछि भारतबाट बिजुली आयात कम हुनेछ । बढी भएको विद्युत् भारत पठाउनका लागि सोही सवस्टेशन प्रयोग गरिनेछ ।

केही दिन पहिले सम्पन्न नेपाल–भारत ऊर्जा आदानप्रदान समितिको बैठकले इनर्जी बैंकिङको अवधारणा कार्यान्वयनमा ल्याउने सहमति गरेको छ ।

वर्षात्मा बढी भएको बिजुली भारतलाई दिने र हिउँदमा भारतबाट आयात गर्नका लागि ऊर्जा बैंक स्थापनाका विषयमा नेपाल र भारतका उच्च अधिकारीबीच पटक पटक छलफल भई एउटा निष्कर्षमा पुगिसकेको छ । त्यसका लागि भारतको मुजफ्फरपुरमा जडान गरिएको १६० एमभिएको ट्रान्सफर्मरसमेत परिवर्तन गर्नुपर्छ । ट्रान्सफर्मरलगायत अन्य प्राविधिक तयारीका लागि प्राधिकरणको प्राविधिक टोली मुजफ्फरपुर जाने तयारी थालिएको छ । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result