अमेरिका, जुलाई १५
फिफा विश्वकप २०१८ को फाइनल खेलमा अहिले फ्रान्स क्रोएशिया ४–२ को अवस्थामा खेलिरहेका छन् ।
क्रोयसियाका स्ट्राइकरले आफ्नै पोष्टमा पहिलो आत्मघनति गोग गरेर फ्रान्सलाई १८ मिनेटमा अग्रता दिलाए । तर त्यसको १० मिनेटमा नै क्रोयसियाका मिडफिल्डर पेरिसिसले गोल गर्दै एकएकको वाराबरीमा पु¥र्याए । अर्को १० मिनेट भित्रै फ्रान्सले गोल थप्दै अग्रता दोब्बर बनाएको छ । हाफटाइम पछि फ्रान्सले लगातार पोष्टमा प्रहार गर्दै गोल सङ्ख्या ४ पु¥याएको छ । क्रोएशियाले दुई गोल गरेको छ । फ्रान्स क्रोएशिया ४–२ को अवस्थामा खेलिरहेका छन् ।
राजधानी स्थित लुजनिकी स्टेडियममा संसार कै सबभन्दा ठुलो फुटबल उत्सवको फाइनल खेल सुरु भएपछि सबैको ध्यान अहिले टेलिभिजन स्क्रिनहरुमा गएको छ। क्रोयसिया नयाँ इतिहास बनाउने लक्ष्यराज साथ मैदानमा उत्रिएको छ भने फ्रान्स २० वर्षपछि फेरि एक पटक विश्वकप चुम्ने उद्देश्यले।
तस्वीर: स्लिंग टिभी/फिफा
प्रतिक्रिया लेख्नुहोस्:-