Saturday, June 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दर्जन रेलमार्ग निर्माणका विभिन्न चरणमा

असार ३२, २०७५ ३:५१ मा प्रकाशित
दर्जन रेलमार्ग निर्माणका विभिन्न चरणमा
Share on FacebookShare on Twitter

काठमाडौँ, ३२ असार / सरकारले एक दर्जनभन्दा बढी आन्तरिक तथा अन्तरदेशीय रेलमार्ग निर्माणलाई विशेष प्राथमकिताका राखी निर्माण अगाडि बढाएको छ ।

यातायात सञ्जालको विकासमा सहज माध्यमका रूपमा लिइएको रेलमार्गलाई आर्थिक विकासको महत्वपूर्ण सूचकका रूपमा राख्दै प्रक्रिया अगाडि बढेको छ । त्यसमा काठमाडौँ उपत्यकाभित्रको मेट्रो रेलदेखि पूर्वपश्चिम विद्युतीय रेलमार्ग, काठमाडौँ– रक्सौल रेलमार्गलगायत प्रमुख प्राथमिकतामा छन् । केही रेलमार्ग अध्ययनका क्रममा तथा केही रेलमार्ग निर्माणका क्रममा छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार बर्दिबास–सिमरा खण्डको कूल १०८ किलोमिटर रेलमार्गमध्ये हालसम्म २७ किलोमिटर खण्डमा निर्माण सकिने क्रममा छ । सो मार्गमा ५८ लाख ५२ हजार ४६१ घनमिटर पुर्ने काम सम्पन्न भइसकेको छ । बाँकी ४० किलोमिटर रेलमार्गको निर्माण पनि आर्थिक वर्ष २०७५÷७६ भित्रै शुरु गर्ने लक्ष्य राखिएको छ । सो रेलमार्ग निर्माण गर्न रु ७० अर्ब ९७ करोड ९३ लाख ५९ हजार आवश्यक पर्छ ।

सो रेलमार्गको चार हजार ६३४ मिटर बराबरको पुल निर्माण सम्पन्न भएको छ, कल्भर्ट र जनावर मार्ग २४० वटा र विद्युतीय संकेत प्रणालीसमेत जडान भएको छ । सिमरा–बर्दिबास खण्डका आठ पुलको ठेक्का सम्झौता भएको र दुई पुलको ठेक्का मूल्यांकनको चरणमा छ ।

यस्तै जयनगरदेखि विजलापूरा ५२ किलोमिटर खण्डमा निर्माण चालु छ । सो रेलमार्गको जनकपुर–कुर्था खण्डको ३५ किलोमिटर खण्ड आगामी मंसिर अन्तिम सातासम्म सञ्चालनमा आउनेछ । जोगबनी–विराटनगर रेल आयोजनाको बथनाहा–विराटनगर भन्सार खण्डको आठ किलोमिटर रेलमार्ग सन् २०१९ भित्रै स्म्पन्न गर्ने लक्ष्य राखिएको छ । विराटनगर स्टेशन क्षेत्रको मुआब्जा विवाद अदालतमा विचाराधीन रहेकाले निर्णय हुन सकेको छैन । यस्तै भैरहवा र नेपालगञ्जमा पनि रेलमार्ग निर्माणको काम शुरु भएको छ । रेलमार्गका लागि आवश्यक पर्ने बजेटको तुलनामा कम मात्रै बजेट प्राप्त भएका कारण निर्माणमा समस्या देखिएको छ ।

तीन रेलमार्गको डिपिआर बन्दै

मन्त्रालयका अनुसार मेची महाकाली विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको क्रममा छ । काँकडभिट्टादेखि बुटवल खण्डसम्मको डिपिआर तयारी भइसकेको र बाँकी खण्डको छिट्टै तयार हुनेछ । सो रेलमार्ग ९४५ किलोमिटर लामो छ । बुटवल गड्डाचौकीखण्डको ६१९ किलोमिटरको डिपिआर ८० प्रतिशत सम्पन्न भएको छ ।

यस्तै काठमाडौँ–वीरगञ्ज रेलमार्गको अध्ययन जारी छ । सो रेलमार्ग १०० किलोमिटर हुनेछ । केरुङ– काठमाडौँ– पोखरा–लुम्बिनी रेलमार्गको पनि प्रारम्भिक अध्ययन भएको छ । सो रेलमार्गको लम्बाइ कूल ३९५ किलोमिटर हुनेछ । यस्तै निजगढ–हेटौँडा–भरतपुर रेलमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ । एक सय ३६ किलोमिटरको सो रेलमार्गलाई वैकल्पिक रेलमार्गका रूपमा लिइएको छ ।

काठमाडौँ उपत्यका मेट्रोरेलको पनि डिपिआर तयारीका क्रममा रहेको र सो परियोजना लगानी बोर्डले संयोजन गरिरहेको छ । निजगढ– हेटौँडा– भरतपुर रेलमार्ग सम्भाव्यता अध्ययन र डिपिआर तयारीका लागि परामर्शदाता छनोटको चरणमा छ । सो मार्ग १३७ किलोमिटर रहनेछ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले रेलमार्ग निर्माणलाई विशेष प्राथमिकतामा राखेको र केही वर्षभित्रै बृहत् रेल सञ्जाल विस्तार हुने जानकारी दिनुभयो । यस्तै रेल विभागका महानिर्देशक अनन्त आचार्यले योजनाबद्ध रूपमा निर्माण प्रक्रिया शुरु गरिएको बताउनुभयो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result