चेन्नई, भारत, जुलाई १९, २०१८
दक्षिण भारतीय राज्यमा एक रसियन पर्यटक युवतिको सामूहिक बलात्कार भएको बीबीसी लगाएतका संचार माध्यमले जनाएका छन्। यसै हप्ता थानीय एक होस्टेलमा बेहोस अबस्थामा भेटिएकी ति २१ बर्षीय पर्यटक महिलाको हाल स्थानीय अस्पतालमा उपचार भैरहेको छ। प्रारम्भिक अनुसन्धानबाट उनको सामूहिक बलात्कार भएको पुष्टि भएको छ भने बलात्कारको आरोपमा होस्टेलका प्रवन्धक र उनको ‘ट्राभल गाइड’ सहित छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको समाचारहरुमा जनाइएको छ। भारतमा केही बर्ष यता विदेशी महिलाहरु लक्षित यौन हिंसाका घटनाहरु बढिरहेको घटनाहरुबाट पुष्टि भएका छन्। विदेशी महिला पर्यटकहरु माथि हुने बलात्कार लगाएतका यौन दुर्व्यवहारका घटनाहरुले भारत भ्रमणमा जाने पर्यटकहरुको सुरक्षा खतरा बढिरहेको र यस्ता घटनाहरुले यौनजन्य हिंसा बिरोधी अभियन्ताहरुको चिन्ता पनि बढाईदिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-