टेक्सस, अमेरिका, जुलाई १९
नेपालमा अनसनरत डा. गोबिन्द केसीले उठाएका जनहितकारी माग सम्बोधन गर्न गैर-आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले नेपाल सरकारसंग माग गरेको छ।
एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले एक बिज्ञप्ती जारी गर्दै आमरण अनसनका कारण डा. केसीको स्वास्थ्य अवस्था नाजुक भएकोमा गैर आवासीय नेपालीहरु चिन्तित भएको बताएका छन्। चिकित्सा शिक्षाको बिषयलाई लिएर तीन सातादेखी आमरण अनसरनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक हुंदै गएकोले व्यक्तिको बाँच्ने अधिकारलाई कुन्ठित र बेवास्ता नगरि संवाद र सहमतिबाट समस्याको समाधान खोज्न पनि अध्यक्ष डा. पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सरकारी सक्रियतामा डा. केसीलाई हिजो काठमाण्डौ ल्याएइएको थियो । हाल डा. केसीको शिक्षण अस्पताल महाराजगंजमा उपचार जारी छ भने डा. केसीले आफ्नो माग पुरा नहुन्जेल अनसन जारी नै रहने बताएका छन्।
एनआएनए अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले जारी गरेको बिज्ञप्ति:
प्रतिक्रिया लेख्नुहोस्:-