अमेरिका, २० जुलाई/ अमेरिका र क्यानाडामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ, नेजाको छैटौं अधिबेसन तथा बाह्रौं साधारणसभा भोलि जुलाई २१ तारिखबाट सुरु हुन् गैरहेको छ । साधारण सभाको सम्पूर्ण तयारी पुरा भैसकेको कुरा संयोजक ध्रुब कुँवरले जानकारी गराएका छन् ।
प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य बिहिबार सियाटल आइसक्नु भएको छ। अधिवेशनमा भाग लिन क्यानाडा, न्युयोर्क, वाशिंगटन डी.सी. मेट्रो एरिया, लस एन्जल्स, सान फ्रान्सिस्को, टेक्सासको ह्युजटन र डल्लास, तथा कोलोराडोबाट सदस्यहारु आउने क्रम जारीरहेको छ ।
नेपाली समुदायमाझ नेजालाइ परिचित गराउने उद्देस्य अनुरुप उत्तर अमेरिकाका बिभिन्न सहरमा साधारणसभा र अधिबेशनको आयोजना गर्दै आइरहेको छ । यसै उद्देस्य अनुरुप सन् २०१४ मा ह्युजटन, २०१५मा कोलोराडो, २०१६मा क्यालीफोर्नियाको लस एन्जल्स र २०१७ मा डी.सी. मेट्रो एरिया( भर्जिनिया, मेरिल्याण्ड र वाशिंगटन डी. सी.) मा अधिबेशन तथा साधारणसभाको आयोजना गरेको थियो । अमेरिकाको उत्तर पश्चिम भागमा रहेको सुन्दर शहर सियाटलमा जुलाई २१ र २२ मा अधिबेशनको आयोजना हुन् गैरहेको छ ।
नेपाल सियाटल सोसाइटी, शेर्पा एसोसिएसन, नेवा: अर्गनाइजेसन लगायत स्थानीयहरुबाट कार्यक्रम सफल पुर्वक सम्पन्न गर्नको लागि सहयोग पुर्याईरहनु भएको छ ।
अधिबेशनले आगामी दुई बर्षको लागि नयां नेतृत्व समेत चयन गर्ने संयोजक कुँवरले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-