Sunday, January 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा नेपाली फिजिसिस्टसहरुको सम्मेलन संपन्न

साउन ७, २०७७ ५:४१ मा प्रकाशित
अमेरिकामा  नेपाली फिजिसिस्टसहरुको सम्मेलन संपन्न
Share on FacebookShare on Twitter

 अमेरिका  /    अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था असोसिएसन अफ नेपाली फिजिसिस्टस इन अमेरिका (एन्पा) ले तेस्रो बैज्ञानिक सम्मेलन तथा तेस्रो वार्षिक साधारणसभा यहि जुलाई १९ मा सम्पन्न गरेको छ ।

संस्थाका सचिव डा. सी. आर. भट्टको संयोजकत्वमा भएको तिन दिने उक्त सम्मेलन सुक्रबार जुलाई १७ मा सुरु भएको थियो । यस बर्षको सम्मेलनमा नेपाल, अमेरिका, जापान, यु. के, क्यानाडा र इंडियाबाट जम्मा १०९ वटा बैज्ञानिक अनुसन्धान सोध पत्र हरु प्रस्तुत गरिएका थिए भने ३०० भन्दा बढी सहभागी भएका थिए।नियमित अनुसन्धान पत्रहरु बाहेकअनुसन्धानमा सहकार्यको महत्व विषयमा छलफल र अनुसन्धान पत्रहरु कसरी लेख्न्ने विषयमा पनि प्रस्तुती दिइएको थियो।

COVID – १९ को महामारी ले गर्दा यसबर्ष को सम्पूर्ण कार्यक्रम अनलाइन प्रविधि WebEx मार्फत गरिएको थियो। प्रायः जसो सबै कार्यक्रमहरु फेसबुक तथा युट्युबबाट प्रत्यक्ष प्रसारण पनि गरिएका थिए। सम्मेलनमा विभिन्न बिश्वबिद्यालयका प्राध्यापकहरु, बिद्यार्थीहरु र विभिन्न अनुसन्धान प्रयोगशाला तथा उद्योगहरुमा कार्यरत बैज्ञानिकहरु सहभागी भएका थिए। सम्मेलनका सबै दिनहरुमा उत्साहप्रद उपस्थिति रहेको थियो र उत्कृष्टअनुसन्धान पत्रहरु प्रस्तुत गरिएका थिए।

सम्मेलनको पहिलो दिन झन्डै ३५ वर्षदेखि अनुसन्धानमा संग्लग्न अमेरिकाको फर्मी राष्ट्रिय अनुसन्धान प्रयोगशालाका वरिष्ठ बैज्ञानिक डा. उमेश्वर प्रसाद जोशीले विशिष्ट बक्ताको रुपमा प्रेरणात्मक मन्तव्य दिनु भएको थियो। उहाँले एउटा व्यक्तिको जिबनमा गुरुहरूले देखाउने मार्ग र यसको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो। सम्मेलनको दोस्रो दिनका आकर्षण आफुले गरेको अनुसन्धान लाई कसरी प्रकाशन गर्ने भन्नेबारेको प्रस्तुति र नेपालमा अनुसन्धान परिपाटीलाई कसरि मद्दत गर्न सकिन्छ भन्ने शीर्षकमा गरिएको सामुहिक छलफल थिए। “बैज्ञानिक पत्रिकामा सोधपत्र प्रकाशित गर्ने तरिका एबम बिधि ” बिषयमा नेचर प्रकाशन समूहका वरिष्ठ सम्पादक डा. विश्वनाथ गैरेले प्रस्तुति दिनु भएको थियो । “नेपालमा अनुसन्धानको परिपाटीलाई मद्दत गर्न नेपाली बैज्ञानिकहरुमाझ सहकार्य” विषयमा समेत छलफल भएको थियो ।

उक्त छलफल कार्यक्रमको संचालन न्युयोर्क स्थित ब्रूक्लिन कलेजका भौतिकशास्त्र बिभागका विभागीय प्रमुख डा. मीम लाल नकर्मीले गर्नु भएको थियो भने वक्ताको रुपमा नेपाल भौतिक बिज्ञान समाजका अध्यक्ष र उपाध्यक्ष क्रमशः डा. नारायण चापागाईं र डा. लीला प्रधान तथा फ्लोरिडा इन्टरनेसनल बिस्वबिद्यालयका प्रध्यापक डा. प्रेम चापागाईं र युनिवर्सिटि ओफ सेन्ट्रल फ्लोरिडाका प्राध्यापक डा. माधव न्यौपानेले आफ्नो धारणा राख्नु भएको थियो। एन्पा (ANPA) अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था हो र यसले आफ्नो स्थापना देखि नै प्रत्येक वर्ष बैज्ञानिक सम्मेलन गर्दै आएको छ।

एन्पाले प्रत्येक वर्ष तिन वटा उत्कृस्ट विद्यार्थी सोध पत्र प्रस्तुतिलाई प्रमाण पत्र र नगद पुरुस्कार पनि दिने गर्दछ। यस वर्षको सम्मेलनमा नेपालका दुइ संस्थाहरु – नेपाल भौतिक बिज्ञान समाज र पोखरा स्थित फिजिक्स रिसर्च इनिसियेटिव सह-आयोजकको रुपमा रहनु भएको थियो। एन्पाले आफ्नो स्थापना काल देखिने नै बार्षिक रुपमा बैज्ञानिकहरुको सम्मेलन, विभिन्न गोष्ठीहरु, नियमित रुपमा कम्प्युटर प्रोग्रामिङ्ग कक्षlहरु, मासिक रुपमा विभिन्न खोजमुलक सोधपत्र प्रस्तुत गर्ने जस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ।

यसै गरि संस्थाको बार्षिक साधारण सभा पनि जुलाई १८ मा सम्पन्न गरियो, जसमा वर्षभरी गरिएका सम्पूर्ण कार्यक्रमहरु र अहिले सम्मको आर्थिक विवरण पेश गरिएको थियो। वर्तमान तथा संस्थापक कार्य समितिको कार्यकाल पनि यहि जुलाई महिनाको अन्तमा सकिने हुनाले नया कार्य समितिको चुनाव हुनेछ र उक्त नया कार्यसमिति ले २०२०-२०२२ को लागि अगस्त १ मा आफ्नो कार्यभार सम्हाल्ने छ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result