काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ओगटेको नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी कूटनीतिक संयन्त्रहरूबाट समाधान गर्ने बताएका छन् ।
उनले सोमबार प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सोधेको प्रश्नको जवाफ दिँदै नेपाल भारत सिमानामा सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापनाको काम भइरहेको पनि बताए।
उच्चस्तरीय भ्रमणहरूका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा समेत सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत् समाधान गर्ने गरी अगाडि बढ्ने समझदारी भएको उनको भनाइ थियो।
‘
प्रतिक्रिया लेख्नुहोस्:-