काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसनको लोभमा उद्योगहरूलाई २२ अर्ब राजश्व छुट दिन लागेको आरोप लगाएका छन्।
उनले सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो आरोप लगाएका हुन् ।
विद्युत प्राधिकरणले कानुनसम्मत रुपमा बक्यौता नतिर्ने उद्योगहरूको विद्युत काटेको भन्दै प्रधानमन्त्रीको ठाडो आदेशमा बक्यौता नतिरिकन विद्युत जोड्नु नहुने बताए।
राज्य राजस्वमा चल्ने भन्दै २२ अर्ब रुपैयाँ राजश्व छुट दिनु नहुने बताउँदै उनले महसुस नतिर्ने उद्योगहरूलाई मिनाहा गर्ने हो भने महसुल तिरेका उद्योगहरूको पनि महसुल फिर्ता गर्नुपर्ने बताए।
‘
प्रतिक्रिया लेख्नुहोस्:-