Sunday, May 25, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मरिच बिक्री नहुँदा किसान मारमा

साउन ९, २०७५ २:२४ मा प्रकाशित
मरिच बिक्री नहुँदा किसान मारमा
Share on FacebookShare on Twitter

भद्रपुर, ९ साउन / तेस्रो मुलुकबाट आयातित मरिचका कारण स्थानीय किसानले उत्पादन गरेको मरिच बिक्री हुन छाडेको छ ।

झापाको अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेपनि मरिच बिक्री नहुँदा सयौँ किसान मारमा परेका छन् ।

अर्जुनधारा नगरपालिकाका कृषि शाखाका अधिकृत शालिकराम भट्टराईका अनुसार जिल्लामा आर्थिक वर्ष २०७४÷७५ मा १७ मेट्रिक टन मरिच उत्पादन भएको छ । सुपारीको बोटमा लहराएर फल्ने भएकाले मरिचको खेतीलाई ‘परजीवी खेती’समेत भनिन्छ ।

गतवर्ष प्रतिकिलो मरिच रु एक हजार ६ सयमा घरबाटै बिक्री भएको थियो । यसवर्ष रु चार सयमा समेत बिक्री नभएको अर्जुनधारा–१० का दिनबन्धु पोखरेलले बताउनुभयो । “मैले यसपाली छ सय किलो मरिच उत्पादन गरेको छु’, उहाँले भन्नुभयो–“तस्करी गर्न तेस्रो मुलुकबाट आयात गरिएको मरिचका कारण हाम्रो उत्पादन बिकेन ।”

बुद्धशान्ति गाउँपालिका–७ का योगेश निरौलाको पीडा पनि उस्तै छ । उहाँ तेस्रो मुलुकबाट मरिचको आयातमा प्रतिबन्ध लगाएमात्रै स्थानीय किसानको उत्पादनले उचित मूल्य पाउने बताउनुहुन्छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाले आव २०७४÷७५ मा ९६ हजार ८०० किलो मरिच आयात भएको थियो । भन्सार प्रमुख टेकबहादुर अर्यालका अनुसार इन्डोनेसिया, श्रीलंकालगायत तेस्रो मुलुकबाट मरिच आयात गरिँदै आएको छ । यसरी आयात गरिएको मरिच तस्करी गरी भारतमा बिक्री हुने गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले तीन दिनअघि मेचीनगर—६ भान्सा खोलाबाट अवैधरुपमा भारततर्फ लैजाँदै गरेको ५०० किलोभन्दा बढी मरिच बरामद गरेको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो । रासस

सम्बन्धित समाचार

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
बिबिध

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

पिट्सबर्ग, क्यालिफोर्नियामा हराएका नेपाली निरजको शव फेला, सहयोगको लागि आव्हान !
बिबिध

पिट्सबर्ग, क्यालिफोर्नियामा हराएका नेपाली निरजको शव फेला, सहयोगको लागि आव्हान !

मुलुकलाई सङ्कटबाट मुक्त गर्न नै  कांग्रेस-एमाले  समीकरण बनेको  नेता पोखरेलको प्रष्टीकरण
बिबिध

मुलुकलाई सङ्कटबाट मुक्त गर्न नै कांग्रेस-एमाले समीकरण बनेको नेता पोखरेलको प्रष्टीकरण

लोकतन्त्रलाई थप सुदृढ बनाउनुपर्नेमा नेता कोइरालाको जोड
बिबिध

नेपाली कांग्रेसलाई गुटगत प्रवृत्तिले गाँजेको छ : शेखर कोइराला

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको उपाधि
बिबिध

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको उपाधि

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result