काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७१० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ५ हजार २५ नमुना परीक्षणमा ७१० जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ५४१ पीसीआरमा ५२४ र २ हजार ४८४ एन्टीजेन परीक्षणमा १८६ जना संक्रमित फेला परेका छन् ।
बुधबार ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । २४ घण्टाको अवधिमा २१५ जना निको भएका छन् । सोही अवधिमा २ जनाले ज्यान गुमाएका छन् । संक्रमित संख्या बिहीबारसम्ममा ४ हजार २३६ पुगेको छ ।






प्रतिक्रिया लेख्नुहोस्:-