Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली क्रिकेटको ऐतिहासिक क्षण: नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

साउन १५, २०७५ ३:५५ मा प्रकाशित
नेपाली क्रिकेटको ऐतिहासिक क्षण: नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै
Share on FacebookShare on Twitter

काठमाडौँ, १५ साउन / गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा बुधबार पहिलो खेल खेल्दैछ ।

नेपाली समयानुसार बुधबार दिउँसो २ः४५ बजे नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता तथा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको थियो ।

नेदरल्याण्डको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका छन् । पारससँगै नेपाली टोलीमा इन्डिनय प्रिमियर लिग (आइपिएल) र टोली विश्व–११ मा समेत स्थान बनाइसकेका युवा स्टार सन्दिप लामिछानेसमेत सामेल छन् । त्यस्तै अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल छन् ।

नेदरल्याण्डमा एक दिवसीय दुई खेल हुनेछन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट एक दिवसीय मान्यता पाएयता खेल्न लागेको यो पहिलो अवसर हो । यसै अवसरलाई सदुपयोग गर्दै नेपाली बलर शक्ति गौचनले डेढ दशक लामो आफ्नो खेलयात्राबाट सन्यास लिँदैछन् ।

युरोप भ्रमणमा जानुअघि आयोजित पत्रकार सम्मेलनमा गौचनले नेपाली टोलीबाट एक दिवसीय खेल खेल्ने आफ्नो सपना पूरा भएको बताएका थिए ।

नेपालले पहिलो एक दिवसीय खेल खेल्न लागेको नेदरल्याण्ड नेपालभन्दा बढी अनुभवी छ । पछिल्लो पटक नेदरल्याण्डसँग नेपाल जिम्बावेमा मार्च २०१८ मा भएको विश्वकप छनोट ४५ रनले पराजित भएको थियो ।

यसअघि उक्त भिआरए मैदानमा पछिल्लो पटक नेदरल्याण्ड र स्कटल्याण्डबीच टी–२० खेल भएको उक्त खेलमा स्कटल्याण्ड विजयी भएको थियो ।

पिटर सिलार कप्तानीमा रहेको नेदरल्याण्ड टोलीमा वेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवार्ड्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मिकेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर, ड्यानियल टेर ब्राक छन् ।

नेदरल्याण्ड जानुअघि नेपाली टोलीले इङ्ल्याण्डको लड्र्समा आयोजक मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँग टि–२० खेलेको थियो । वर्षाका कारण उक्त खेल पनि ६–६ ओभरमा छोट्याइएको थियो । जसमा नेपाल विजयी भएको थियो । नेदरल्याण्डसँगको खेल भने रद्द भएको थियो ।

नेपाल र नेदरल्याण्डबीच आम्स्टरडममा दोस्रो एक दिवसीय खेल यही साउन १८ गते हुनेछ । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result