काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
गृहमन्त्री लेखकले बुधबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै राष्ट्रिय परिचयपत्र वितरण कार्य चुस्त बनाउन आग्रह गरे ।
‘राष्ट्रिय परिचयपत्र बनाउन १ करोड ५१ लाखको विवरण संकलन भइसकेको छ । कार्ड छपाइ ४३ लाख भइसकेको छ । ७६ लाख कार्ड छाप्न बाँकी छ,’ उनले भने, ‘वितरणको संख्या एकदम कम भयो । अरु सबै कुरा ठीक छ । वितरणको पाटोलाई तीव्रता दिनुहोला ।’
प्रतिक्रिया लेख्नुहोस्:-