Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्यानफ्रान्सिस्कोमा बिपी जयन्ती भब्य रुपमा मनाइयो

'कन्सुलेट अफिस'को लागि पहल गर्न डा. रिजाललाई अनुरोध

साउन १७, २०८१ ११:४० मा प्रकाशित
स्यानफ्रान्सिस्कोमा बिपी जयन्ती भब्य रुपमा मनाइयो

Screenshot

Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को अमेरिका
महामानव विश्वेश्वरप्रसाद कोइरालाको ४२ औं जन्मजयन्तिको अवसरमा नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरको आयोजनामा ‘बिपी स्मृति तथा बिशेष अन्तरकृया कार्यक्रम ‘हालै भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रम पूर्वमन्त्री एवं नेपाली कांग्रसका नेता डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त स्मृति एवं अन्तरकृया कार्यक्रममा बोल्दै काग्रेस नेता रिजालले आफूले बाल्यकालमा पहिलोपटक बिराटनागरमा बिपी कोइरालाई देखेको स्मरण गर्दै कालान्तरमा कोइरालाको नजिक रहेर विद्यार्थी आन्दोलनमा सहभागी हुने अवसर पाएको बताए ।
‘हामी बिपीलाई माया गरेर सान्दाजु भन्थ्यौ, र उहाँको नजिकमा रहेर प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुने मोैका पायौ,’-रिजालले भने ‘त्यस्तो आदर्शपुरुषले बनाएको नेपाली कांग्रेस पार्टीको सदस्य हुनु पनि गौरवको विष हो तर त्यो बिपीको कांग्रस आजको स्थितिमा आइपुग्नुमा हामी सबै जिम्मेवार छौं ‘। डा. रिजालले बिपी कोइरालाको बहुायामिक ब्यक्तित्व एरियाका कुनै राजनेता भन्दा कम नरहेको उल्लेख गर्दै राष्ट्र र प्रजातन्त्रको लागि कोइराला आदर्श पुरुष भएको उल्लेख गरे । ‘बिपीलाई पढेर वा बुझेर मात्र होइन, उहांलाई अनुशरण गरेर अघि बढ्ने समय आएको छ’, रिजालले भने- ‘तर आज दुखको कुरा नेपाली कांग्रेसले उहाले देखाएको बाटो बिर्सेको छ’ ।
कार्यक्रममा युसी बर्कलीका प्राध्यापक डा. आमोद पोखरेलले बिपी कोइरालालाई राजनीतिक, साहित्यिक र आर्थिक जस्ता बहुपक्षिय दृष्टिकोणबाट हेरिनुपर्ने बताए ।’उहाँको बिशिष्ठता राजनीतिमा त छदैछ, साहित्यमा र छोटो समयको प्रधानमन्त्रीकालमा लिएको आर्थिक नीति र भूमि सुधार धेरै क्रान्तिकारी कदम थियो’,-पोखरेलले भने ।
कार्यक्रमका सभापति जनसम्पर्क समितिका कार्यबाहक सभापति नारायण खनालले बिपी कोइराला आफ्नो राजनीतिको आदर्श पुरुष भएको बताए । ‘बिपीको बारेमा बोल्नु भनेको अन्धोले हात्ति छामेको जस्तै हो, उनले भने-‘उहा जस्तो महामानवको बारेमा ब्याख्या गर्नसक्ने क्षमता हामीमा छैन’ ।

कार्यक्रममा पर्यटनदूत विजय चौधरी, घनप्रसाद दवाडी, नारायण प्रसाद पोखरेल,  मनि नेपाली पनेरु लगायतकाले बिपी कोइरालाको बारेमा बोलेबा थिए । जनसम्पर्क समिति नर्दन क्यालिफोर्नियाका महासचिव हरि भट्टले संचालन गरेको सो कार्यक्रमा बे एरियाका अगुवा सामाजिक ब्यक्तिहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा पत्रकार एवं अध्येता जगत नेपालले बिपी कोइरालाको बारेमा तयार पारेको बृतचित्र पनि देखाइएको थियो ।

कन्सुलेट अफिसको लागि पहल गर्न रिजाललाई अनुरोध
यसैवीच नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजाल समक्ष बे एरियाका अगुवा साकाजिक अभियन्ताहरुको एक समुहले बे एरियामा तत्काल पासपोर्ट शिविर संचालन गर्न र कन्सुलर कार्यलायको स्थापनाको माग गर्दै आवश्यक पहल गरिदिन एक ज्ञापनपत्र बुझाएका छन् ।

 


नेपाली एशोसिएशन अफ नर्दन क्यालिफोर्नियाका अध्यक्ष प्रितेश कार्कीले नेपाली संस्थाहरुका तर्फवाट कन्सुलेर अफिस स्थापनाको लागि आवश्यक पहल गरिदन डा रिजाललाई ज्ञापन पत्र बुझाइएको बताए । सो ज्ञापन पत्रमा नर्दन क्यालिफोर्नियामा नेपालीहरुको संख्या अत्याधिक बृद्धि भएको र पासपोर्ट एवं अत्याधुनिक सुविधा लिन वासिंगटन डिसी वा न्यूयोर्क जानुपर्ने बाध्यता रहेको जनाउदै हज्जारौ नेपालीहरु कन्सुलर अफिसको अभावमा ठूलो समस्यामा परेको उल्लेख गरिएको छ ।
केही समय अघि नेपाली दुतावारले लस एन्जलसमा भने घुम्ती पासपोर्ट शिविर संचालन गरेको थियो जवकि स्यानफ्रान्सिस्को र आसपासका क्षेत्रहरुमा बसोवास गर्ने नेपालीहरुको संख्या लस एन्जलसको तुलनामा निकै बढी रहेको तथ्यांकहरुले देखाएको छ । बे एरियाका नेपालीहरुले तत्काल पासपोर्ट शिविर संचालन गर्न दूतावासलाई आग्रह गर्दै आएका छन् ।

सम्बन्धित समाचार

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

राजनीतिक दलहरूप्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नु पर्‍यो :  वरिष्ठ कांग्रेस नेता शेखर कोइराला
प्रवास

राजनीतिक दलहरूप्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नु पर्‍यो :  वरिष्ठ कांग्रेस नेता शेखर कोइराला

एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे अपिल
प्रवास

एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे अपिल

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result