काठमाडौं । बुधबार उच्च अंकले बढेको शयर बजार विहीबार भने झिनो अंकले घटेको छ । आज नेप्से ५.२९ अंकले घटेको हो ।
विहीबार करिब पौने २२ अर्बको कारोबार भएको छ ।
बिहीबार प्रतिशतको आधारमा सबैभन्दा बढी ट्रेडिङ समूहको शेयर घटेको छ । उक्त समूहको शेयर ३.५७ प्रतिशतले घटेर ३६४५.८४ विन्दुमा पुगेको छ । प्रतिशतकै आधारमा सबैभन्दा कम अन्य समूहको शेयर मूल्य घटेको छ । अन्य समूह ०.२२ प्रतिशतले घटेर २०७४।०७ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-