Monday, August 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

धर्मनिरपेक्षता

साउन १८, २०७८ १०:१५ मा प्रकाशित
धर्मनिरपेक्षता
Share on FacebookShare on Twitter
शरच्चन्द्र वस्ती
जसले राजनीतिमा धर्मको कुनै काम छैन भन्छन्, तिनलाई थाहा छैन — धर्म भनेको के हो ।
— महात्मा गान्धी
जसलाई धर्म भनेको के हो— थाहा छैन, तिनैले धर्मनिरपेक्षताको घोषणा गरेका गरेका छन् नेपालमा । धेरैलाई यो गाईजात्रा लागेको छ । चित्त दुखेका अरू चाहिं भन्छन्— यो जनताप्रतिको विश्वासघात हो । जनताले माग्दै नमागेको, जनआन्दोलनमा कुरै नउठेको संवेदनशील विषयमा रातारात यस्तो निर्णय लिने अधिकार अधर्मीहरूलाई कसले दियो ?
धर्मनिरपेक्षता भन्नासाथ यक्षप्रश्न खडा हुन्छ— के कुनै मानिस धर्मनिरपेक्ष हुन सक्छ ? अथवा, धर्मनिरपेक्ष भएर ऊ मानिस रहन सक्छ । अनि देश र राज्यव्यवस्था नि ?
धर्मनिरपेक्ष शब्दको अर्थ हो— धर्मसँग कुनै वास्ता नभएको । धर्म नमान्ने वा धर्म छाडेको । मान्छेले आफ्नो धर्म छाडेपछि के हुन्छ ? ऊ गैरजिम्मेदार हुन्छ, असामाजिक हुन्छ, गतिछाडा र असभ्य हुन्छ । पशु वा राक्षस बन्ने बाटोतिर लम्कन्छ । विवेक, न्याय, प्रेम, करुणा, क्षमा, सहिष्णुता, नैतिकता, परोपकार आदि मानिसका धर्म हुन् जसले उसलाई मानिस बनाएका छन् । पशुबाट पृथक् र सभ्य बनाएका छन् । यीसँग कुनै वास्ता नभएको प्राणी भलै दुई खुट्टा टेकेर उभिएको होस्, त्यसले कुन आधारमा आफूलाई मान्छे भनेर दाबी गर्ने ?
मुक्तिनाथ अधिकारीको हत्या मान्छेले आफ्नो धर्म छाडेको घटना थियो । त्यो र त्यस्ता तमाम हत्याबारे संवेदनशीलता एवं पछुतोको अभाव धर्मनिरपेक्षताको सटीक उदाहरण हो । जुन दिन हत्याराहरूले मुक्तिनाथसँगको व्यवहार आफ्नै आमा र बाबुसँग गर्न थाल्नेछन्, त्यो दिन तिनको धर्मनिरपेक्षता थप उँचाइतिर लागेको मान्नुपर्नेछ । सुन्दा पनि दिगमिग लाग्न सक्ला, तर जब उनीहरूको मासु पनि तिनले निस्संकोच खान थाल्नेछन्, त्यसवेला तिनको धर्मनिरपेक्षताले शिखर चुम्नेछ । मान्छेको धर्म छाडेपछि नै हिटलर हिटलर भयो, स्टालिन स्टालिन हुन सक्यो र इदी अमिन इदी अमिन बन्न पुग्यो । आफूलाई धर्मनिरपेक्षतावादी बताउने लाउकेहरू मनमनै त्यस्तै बन्ने बन्ने आकांक्षा पालेर बसेका होलान् भनेर मान्ने हो भने पनि, अरू समेत त्यस्तै हुन थाले भने तिनको के गति होला ? सबैले आफ्नो धर्म छाडेपछि त्यो ‘समाज’ होला कि ‘समज’ (पशुहरूको झुन्ड) बन्ला ?
सबै धर्मनिरपेक्षहरू कम्युनिस्ट हुनुपर्छ भन्ने छैन, तर सबै ‘इमान्दार’ कम्युनिस्टहरू धर्मनिरपेक्ष हुन् । तिनले आफूलाई धर्मनिरपेक्ष भनेको सुहाउँछ । किन भने, एक शब्दमा परिभाषित गर्नुपर्दा, कम्युनिज्म भनेकै ‘प्रतिसभ्यता’ हो । एन्टी–सिभिलाइजेशन । अर्थात् जे–जे कारणले, जुन–जुन विशेषताले मानिसलाई सभ्य भनिन्छ, ती–ती कुरालाई निषेध गर्ने राजनीतिक सम्प्रदाय । मानवीय गरिमा, स्वतन्त्रता र वैचारिक विविधतालाई अस्वीकार गर्ने पन्थ । त्यस्तो प्रणाली, जुन लागू गरिए–गराइएका मुलुक मानवीय अस्मिता एवं सभ्यताका मरुभूमि बन्न पुग्छन् र जहाँ गएर बस्न स्वयं कम्युनिस्टहरू पनि रहर गर्दैनन् । सत्य तीतो हुन्छ, तर यथार्थ के हो भने कम्युनिज्म, प्रतिसभ्यता र धर्मनिरपेक्षता तीनवटै शब्दको निहितार्थ एउटै हो । यी पर्यायवाची हुन् । एउटाको अर्थ बुझ्न अर्काको अनुहार हेरे पुग्छ ।
सम्पूर्ण आधुनिक कानून र तिनको सिद्धान्तको आधार धर्म हो । लोकतान्त्रिक शासन व्यवस्थाका मान्यताहरूको मूल स्रोत पनि धर्ममै निहित छ । कानूनले, लोकतन्त्रले आफ्नो धर्म छाडेपछि अराजकता र अधिनायकवादका भूणहरू सलबलाउन थाल्छन् । नेता, पार्टी, सरकार, नागरिक समाजले आफ्नो धर्म छाड्दा के हुन्छ, त्यो देखिरहनुभएकै छ ।
मानव जातिसँग गर्व गर्न लायक र सारवान कुनै कुरा छ भने त्यो उसको धर्म नै हो । सम्प्रदाय धर्म होइन, न त कर्मकाण्ड नै धर्म हो । सम्प्रदायले संकीर्ण बनाउँछ, धर्मले उदार । सम्प्रदाय एउटा धर्मग्रन्थ, एउटा उपासना पद्धति, एउटा कर्मकाण्डको बन्दी हुन्छ । त्यो ‘ईश्वरसम्म पु¥याइदिने’ कुनै एजेन्टका आधारमा स्थापित तथा सञ्चालित हुन्छ । बहु विचारलाई स्वीकार गर्दैन, असहमतिको सम्मान गर्दैन, व्यक्तिलाई सर्वोच्च स्थान दिंदैन, अरूलाई सिध्याएर आफ्नो विस्तार गर्न लालायित हुन्छ । समग्रमा त्यो लोकतन्त्रको विपरीत ध्रुव हो । तर धर्मको बाटो बेग्लै छ । यसमा तपाईं ईश्वरसँग सोझै सम्पर्क गर्न सक्नुहुन्छ । यो लोकतन्त्रको पावरहाउस हो । अंग्रेजीको ‘रिलिजन’ भनेको सम्प्रदाय हो, धर्म होइन । ‘हिन्दू’ धर्म हो, सम्प्रदाय होइन । धर्मलाई अर्थ्याउन सक्ने शब्द अंग्रेजी भाषामा छैन ।
सम्प्रदाय निरपेक्ष हुनु बुद्धिमत्ता हुन सक्छ, धर्मनिरपेक्ष हुन खोज्नु आफ्नो खुट्टामा आफैं बन्चरो प्रहार गर्नु हो । नेपालको विडम्बना के भने, यहाँ धर्मनिरपेक्षताको घोषणा तिनको दबावबाट र तिनलाई रिझाउन भयो, जो स्वयम् सम्प्रदाय निरपेक्ष पनि छैनन् । न व्यक्तिगत, न सामाजिक न त राष्ट्रिय रूपमै । जो साम–दान–दण्ड–भेद कुनै पनि उपाय अपनाएर नेपालमा आफ्नो सम्प्रदाय (रिलिजन) को विस्तार गर्न चाहन्छन्, किन भने तिनका ‘धर्मगुरु’ को योजना र आदेश नै त्यस्तै छ । विडम्बनाको अर्को पाटो चाहिं धर्मनिरपेक्षताका नेपाली निमित्त नायकहरू स्वयम् हुन्, जो आफैं साम्प्रदायिक छन् । ती कहिले सिन्दूर र अक्षता चढाएर भैंसीको पाउमा ढोग्न, कहिले ग्रहशान्ति गराउन त कहिले तान्त्रिक क्रिया गर्न व्यस्त हुन्छन्, अनि राति राति बाबाहरूकहाँ पुगेर धर्मनिरपेक्षता घोषणा गरेकोमा माफी मागिरहेका हुन्छन् । आफ्नो धर्मबाट च्युत हुँदै गएपछि मानिस मात्र होइन, समाज र राज्यव्यवस्था समेत यस्तै पाखण्डी, गैरजिम्मेदार र बेकम्मा हुँदै जान्छ । तपाईं–हाम्रो र सिंगो मुलुकको अहिलेको पीडा ‘धर्मनिरपेक्षता’ को पीडा हो ।
धर्म नबुझेकाहरूले धर्मनिरपेक्षताको घोषणा गरे भनेर खुनखुन गर्नुको कुनै तुक छैन, किन भने धर्म बुझ्नेले यस्तो घोषणा कहिल्यै गर्दै गर्दैन । यो धर्मको मर्म नबुझेकाहरूले नै गर्ने कुरा हो । अनि, तिनले जनताप्रति विश्वासघात गरे भनेर पो किन चित्त दुखाउनु ? किन भने विश्वासघात पनि त ‘धर्मनिरपेक्षता’ कै एउटा पाटो हो । धर्म नछोड्नेले पो विश्वासघात गर्दैन !
शरच्चन्द्र वस्तीको फेसबुक वालबाट

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result