काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९१५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ नमुना परीक्षणमा ९१५ जनामा संक्रमण पुष्टि भएको जानकारी भएको हो ।
३ हजार ९१ पीसीआर परीक्षणमा ५९० र २ हजार ९११ एन्टिजेन परीक्षणमा ३२५ जना संक्रमित फेला परेका हुन् । २४ घण्टाको अवधिमा ३०१ जना निको भएका छन् । बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ । २४ घण्टामा ५५ हजार ५५९ जनाले खोप लगाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-