जाङ्बु शेर्पा
अमेरिका, जुलाई ४,
ट्रम्प प्रशासनले अवैधानिक रूपमा अमेरिकामा रहेका आप्रवासी पक्राउ अभियानलाई तीव्रता दिएपछि आइसिइको हिरासतमा बन्दीहरूको सङ्ख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अमेरिका भरी रहेको ३ सय ६३ आइसिइ हिरासतमा ५५ हजार १ सय ८५ आप्रावासिहरुलाई राखिएको छ । आइसिइसँग रहेका हिरासतमा अटाउने क्षमता भन्दा यो अधिक हो ।
जबकि आइसिइको देशभर रहेका हिरासतमा ४० हजार ५ सय २० शैया क्षमताको रहेको छ । पक्राउ परेका आप्रवासीहरूको सङ्ख्या र हिरासतको क्षमतालाई तुलना गर्दा आइसिइको हिरासत क्षमता भन्दा १४ हजार ६ सय ६५ बढी कैदी रहेका छन् ।
आइसिइ हिरासतमा कैदीहरूको सङ्ख्यामा वृद्धि भएसँगै ट्रम्प प्रशासनले कारागारहरूमा शैयाको सङ्ख्या कम्तीमा ५२ हजार क्ष्ँमताको विस्तार गर्नुपर्ने वताउदै अमेरिकी कंग्रेसमा बजेट विनियोजन गर्न आग्रह गरेका थिए । तर कंग्रेसले ४५ हजार क्षमताकोसम्म मात्र विस्तार गर्न स्वीकृति प्रदान गर्यो ।
कंग्रेसले माग आुरुपको बजेट नदिएएपछि पक्राउ परेका आप्रावासीहरुको सङ्ख्या वृद्धिसँगै ट्रम्प प्रशासनले हिरासतको चापलाई घटाउन फास्ट ट्रयाक मार्फत देश निकालाको प्रक्रृया अघि बढाउने जनाएको छ । हाल एक जना कैदिले आइसिइ हिरासतमा २८ देखि ४६ दिनसम्म राखिने गर्दछ । त्यस क्रममा एक जना कैदीको निम्ति दैनिक १ सय ३३ डलर खर्च हुने गर्दछ ।
कारगारहरुमा अत्यधिक चाप कै कारण दर्जनौंले आप्रवासीले ज्यान गुमाइसकेका छन् । हिरासतको नाजुक अवस्थाबारे सदनमा समेत पटक– पटक बहस भए पनि निकासका लागि ठोस पहल भएको देखिँदैन ।
यता केही अधिकारकर्मीहरूले धेरै कैदीले आत्महत्या, मृत्यु र बिरामी हुने जर्जीया र टेक्ससका केही कारागारहरू तत्काल बन्द गर्नुपर्ने माग गदैए आएका छन् । यद्यपि यसमा कुनै सुनुवाइ भएको छैन ।
समस्या कैदी र आईसिइको नभई सरकार र बजेट कारक भएको रहेको औँल्याएको छ । कारागारमा कैदीहरूको चाप कै कारण आइसिइले सरकारले ८० जना कैदीलाई विनियोजन गरेको बजेटबाट १ सय जनालाई पुर्याउनु परेको तथ्य अगाडि सार्दै बजेट बढाउनु पर्ने माग राखेको छ । सरकारले हरेका वर्ष आइसिइलाई ७ दशमलव २ बिलियन डलर प्रदान गर्दै आएको छ ।
आइसिइको कारागारमा विशेषतः सन २०१६ यता कैदीहरूको सङ्ख्या अप्रत्यासितरुपले वढदै गएको छ । यो सङ्ख्या अझै बढ्दै जाने अध्यागमनको विश्लेषकहरूको भनाइ छ ।
पक्राउ परिएकाहरुलाई वकिलसँग भेट्न वञ्चित गराउँदै असाइलम प्रक्रृयामा जान रोक लगाएपछि कारागारमा थुनिएकाहरूको हिरासत अवधि बढेको छ । माइग्रेसन पोलिसी इन्स्टिच्युटका निर्देशक सारा प्रिइर्सले वजफिडसगको कुराकानीमा यो तथ्य खुलाएका खुलासा गरेका हुन् । फास्ट ट्रयाकमा काम भएमा चापसँगै खर्चमा समेत कटौती हुने आइसिइको ठम्याइ छ ।
एजेन्सीको सहयोगमा







प्रतिक्रिया लेख्नुहोस्:-