Thursday, June 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा दुई नेपाली युवाको मृत्यु, शव नेपाल पठाउने तयारी 

साउन २०, २०७८ ६:३० मा प्रकाशित
अमेरिकामा दुई नेपाली युवाको मृत्यु, शव नेपाल पठाउने तयारी 
Share on FacebookShare on Twitter

 

अमेरिका । अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु भएको छ ।  न्यु योर्कमा २८ वर्षीय  नेपाली युवा विपिन लम्सालको जुलाई २७ तारिख मङ्गलवार मृत्यु भयो । अमेरिकाकै अर्को राज्य विसकनसिनमा २२ वर्षीय नेपाली युवा सृजन कुँवरको जुलाई २८ तारिख बुधवार मृत्यु भएको छ । दुवै युवा अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । विपिन कामबाट घर फर्किएर रेष्टरुम प्रयोग गर्न गएको बेला र सृजन स्टोरमा काम गरिरहेको समयमा बेहोस भएका थिए । दुवै जनालाई अस्पतालले बचाउन सकेन ।

 

एनआरएनए अमेरिकाद्वारा जारी विज्ञप्ति अनुसार नेपालमा पर्वत घर भएका विपिन लम्साल २०१६ देखि अमेरिकामा वस्दैआएका थिए । काठमाडौँ दक्षिणकाली नेपाल घर भएका डी भी लोटरी विजेता सृजन कुँवर भने २०१९मा  अमेरिका बस्दै आएका छन् ।

 

दुवै युवाको शवलाई नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको प्रवक्ता तोया दाहाल द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विपिन लम्सालको शव नेपाल फर्काउन एनआरएनए न्यु योर्क च्याप्टरले गोफण्डबाट १६ हजार डलर सङ्कलन गरिसकेको छ । एनआरएनए  विसकनसिन च्याप्टरले सृजन कुँवरको शव नेपाल पठाउन आवश्यक पर्ने रकम सङ्कलन गर्न मङ्गलवार गो फण्ड सन्चालनमा ल्याएको छ । दुवै युवाको परिवारको अनुरोध अनुसार अध्यक्ष बुद्धि सागर सुवेदी अमेरिका स्थित नेपाली एम्बेसी, मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी, न्यु योर्क र विसकनसिन च्याप्टरसँग समन्वय गर्दै शवलाई नेपाल पठाउन सक्रिय भएर लागि रहनु भएको छ ।

 

स्वर्गीय विपिन लम्साल र सृजन कुँवरको मृत्यु र सहयोगका सन्दर्भमा एनआरएनए अमेरिकाले जारी गरेको वक्तव्य यसै साथ संलग्न गरिएको छ ।

 

 

 

प्रेस विज्ञप्ति

अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु, शव नेपाल पठाउने तयारी

अमेरिकाको नेपाली समुदायका लागि एक पछि अर्को दुखद खबर थपिएको छ । न्यु योर्कमा २८ वर्षीय नेपाली युवा विपिन विपिन लम्सालको अचानक मृत्यु भएको एक दिन पछि नै अमेरिकाको विसकन्सिनमा २२ वर्षीय नेपाली युवा सृजन कुँवरको जुलाई २८ तारिख बुधवार मृत्यु भएको छ ।दुवै युवाको शवलाई नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको छ ।

विसकन्सिन स्थित नर्थ पिटर्स एभिन्यु फोन्डल्याक बस्दै आउनु भएका सृजन कुँवर काममा रहेको समयमा नै अचानक मुर्छित भएपछि उपचारका लागि प्रहरी र एम्बुलेन्स आएर नजिकैको बिएभर दम अस्पतालको आकस्मिक कक्षमा पुर्‍याएको थियो । सो अस्पतालले बिरामीको थप परीक्षण र उपचारका लागि अर्को ठुलो अस्पताल यूडब्लु म्याडेसन अस्पताल पठायो । त्यहाँ पनि कुँवरको उपचार सम्भव भएन ।अस्पतालले सृजन कुँवरलाई मृत घोषणा गर्‍यो ।

काठमाडौँ जिल्ला दक्षिणकाली ४ बासवारि जन्म घर भएका कुँवर मे १० तारिख २०१९ मा अमेरिका आउनु भएको हो ।डी भी लोटरीको माध्यमबाट दुई वर्ष अघि सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा सृजन कुँवरको २२ वर्षकै कलिलो उमेरमा असामयिक निधन भएको दुखद घटनाबाट एनआरएनए अमेरिका परिवार मर्माहत भएको छ ।उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौँ । शोक सन्तप्त परिवारमा हार्दिक समवेदना ।

अहिले स्वर्गीय कुँवरको शव अस्पतालमा नै रहेको छ ।स्वर्गीय सृजनका बुवा कृष्णहरि कुँवरले छोराको शव नेपाल पठाइदिन एनआरएनए अमेरिका विसकन्सिन च्याप्टरलाई सहयोगको अनुरोध गर्नु भएको छ । परिवारको अनुरोध अनुसार अध्यक्ष बुद्धि सागर सुवेदीले अमेरिका स्थित नेपाली एम्बेसी, मेरिल्याण्ड राज्यका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी, विसकन्सिन च्याप्टरसँग समन्वय गर्दै शवलाई नेपाल पठाउन सक्रिय भएर लागि रहनु भएको छ ।

नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि एनआरएनए विसकनसिन च्याप्टरले गोफण्ड मार्फत सहयोगका लागि अपिल गरेको छ ।एनआरएनए विसकनसिन च्याप्टर अध्यक्ष दिपक थापाले दाताहरूलाई यसै साथ संलग्न गोफण्डको लिङ्कमा गएर सहयोग गरिदिनुहुन आग्रह गर्नु भएको छ ।

https://www.gofundme.com/f/requested-donations-for-funeral-services-of-SRIJAN?qid=1c3b699fa9fc0e51d5ed3e6e45abdaa7

तोया दाहाल
प्रवक्ता, गैर आवासीय नेपाली सङ्घ अमेरिका
मिति ०८–०३–२०२१

 

 

विपिन लम्साल

 

प्रेस विज्ञप्ति
युवाको शव नेपाल पठाउने तयारीअमेरिकाको न्यु योर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्दै आउनु भएका २८ वर्षीय नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलवार अचानक मृत्यु भएको छ । घरमा नै रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नजिकैको एलमस्ट अस्पताल पुर्‍याइएको थियो । केही समयमा नै अस्पतालले विपिन लम्साललाई मृत घोषणा गर्‍यो । पर्वत जिल्ला जन्म घर भएका लम्साल २०१६ मा अमेरिका आउनु भएको हो ।

सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा विपिन लम्सालको २८ वर्षकै उमेरमा असामयिक निधन भएको दुखद घटनाबाट एनआरएनए अमेरिका परिवार मर्माहत भएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गदछौं । शोक सन्तप्त परिवारमा हार्दिक समवेदना ।

अहिले स्वर्गीय लम्सालको शव अस्पतालमा नै रहेको छ । विपिनका बुवा पोशराज लम्सालले छोराको शव नेपाल पठाई दिन एनआरएनए अमेरिका न्यु योर्क च्याप्टरलाई अनुरोध गर्नु भएको छ । परिवारको अनुरोध अनुसार अध्यक्ष बुद्धि सागर सुवेदीले अमेरिका स्थित नेपाली एम्बेसी, मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी, न्यु योर्क च्याप्टरसँग समन्वय गर्दै शवलाई नेपाल पठाउन सक्रिय भएर लागि रहनु भएको छ ।

नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि एनआरएनए न्यु योर्क च्याप्टरले गोफण्ड मार्फत सहयोगका लागि अपिल गरेको छ । एनआरएनए न्यु योर्क च्याप्टर अध्यक्ष आङछिरिङ शेर्पाले दाताहरूलाई यसै साथ संलग्न गोफण्डको लिङ्कमा गएर सहयोग गरिदिनुहुन आग्रह गर्नु भएको छ ।

https://www.gofundme.com/f/funeral-for-late-bipin-lamsal?utm_source=facebook&utm_medium=social&utm_campaign=p_cp+share-sheet&fbclid=IwAR13T6eMmZojZts2oKKMlXa7OLYvrd8AXe3_EYpO6vE0UIhJ6Z1199t2tQM

तोया दाहाल
प्रवक्ता, गैर आवासीय नेपाली सङ्घ अमेरिका
मिति ०७–३१–२०२१

 

सम्बन्धित समाचार

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक
Breaking News

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव भेटवार्ता
Breaking News

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव भेटवार्ता

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान
अर्थ/वाणिज्य

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान

नेकपाका महासचिव विप्लव नारायणकाजी निवासमा,  छलफल एमसीसीमा केन्द्रित
Breaking News

सरकार सार्वभौमिकता, भौगोलिक अखण्डताको पक्षमा दृढ छ : गृहमन्त्री श्रेष्ठ

भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : परराष्ट्रमन्त्री साउद
ट्रेन्डिंग न्यूज्

भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : परराष्ट्रमन्त्री साउद

भारत भ्रमणका क्रममा जनताले सम्झनलायक काम गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता
Breaking News

भारत भ्रमणका क्रममा जनताले सम्झनलायक काम गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव भेटवार्ता

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान

नेकपाका महासचिव विप्लव नारायणकाजी निवासमा,  छलफल एमसीसीमा केन्द्रित

सरकार सार्वभौमिकता, भौगोलिक अखण्डताको पक्षमा दृढ छ : गृहमन्त्री श्रेष्ठ

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.