काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । भेटमा सांसद थापाले उपत्यकाको फोहोर व्यवस्थापन र सम्पदा संरक्षणमा आफ्नो सकारात्मक साथ रहने बताएका छन्।
उनले आफ्नो सामाजिक सञ्जाल ( फेसबुक)मा मेयर बालेन साहसँगको फोटो पोष्ट गर्दै सहयोग गर्ने बताएका हुन्।
भेटघाटमा काठमाडौं महानगरको फोहोर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, शहरी स्वास्थ्य सेवालगायतका विषयमा छलफल भएको उनले बताएका छन्।
महानगरको सकारात्मक पहलकदमीमा निरन्तर साथ सहयोग गर्ने थापाले बताएका हुन्।
प्रतिक्रिया लेख्नुहोस्:-