Wednesday, April 15, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

अगष्ट १० मा हुने कन्सर्टका लागि नेपालीहरु उत्साहित

साउन २१, २०८१ ११:५७ मा प्रकाशित
स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Share on FacebookShare on Twitter
  • स्यानफ्रान्सिस्को/ क्यालिफोर्निया
    नेपाली सांगीतिक क्षेत्रमा  छुट्टै पहिचान बनाएको नेपालकै चर्चित म्यूजिकल समुह ‘नेपथ्य’को यही अगष्ट १० तारेख शनिवार  स्यानफ्रान्सिस्कोमा हालसम्मकै सबैभन्दा ठूलो सांगितिक प्रस्तुतिको तयारी भएको छ । २५ सय भन्दा बढी दर्शक अटाउने क्षमता भएको  स्यानफ्रान्सिस्कोको वारफिल्ड थिएटरमा ‘नेपथ्य’ले आगामी अगष्ट १० मा ऐतिहाँसिक सांगितिक प्रस्तुति दिने भएको हो । वारफिल्ड थिएटर  स्यानफ्रान्सिस्को शहरको ठूलो सांगितिक कार्यक्रम हुने थिएटर  हो ।
    बे एरियामा चर्चित इभेण्ट्स गर्दै आएको ‘विन्दास टोली’ले नेपथ्यको ऐतिहासिक कार्यक्रम गर्न लागेको हो । ‘नेपथ्य जस्तो लोकप्रिय र लामो इतिहास भएको नेपाली ब्याण्डलाई  स्यानफ्रान्सिस्को सुन्दर शहरमा प्रस्तुत गर्न पाउँदा हामी एकदमै उत्साहित छौं,’ विन्दास टोलीका कार्यक्रम संयोजक असिम गजुरेलले भने- ‘यो ऐतिहासिक सांगितिक कार्यक्रमलाई सार्थक बनाउन हामी सबै नेपालीहरुको साथ सहयोगको अपेक्षा गर्दछौ ‘। गजुरेलले हालसम्म झण्डै ८० प्रतिशत टिकट विक्री भइसकेको र कार्यक्रमको मिति नजिकिदै जाँदा टिकट विक्री निकै बढिरहेको जानकारी दिए I ‘हाम्रो लक्ष्य २५ सयको सहभागीता हो र सबैतिरबाट निकै राम्रो प्रतिकृया आइरहेको छ’,- गजुरेलले भने ।
    नेपथ्य समूहको कन्सर्ट हेर्न बे एरियाका नेपालीहरु पनि निकै आतुर र व्यग्र देखिएका छन् । प्रायः सबैका फेसबुकका पोस्टहरु नेपथ्य समूहको कन्सर्टको कार्यक्रमले सजिएका छन् ।
    ‘नेपथ्य हाम्रो संगीतको ठूलो मात्र होइन ढुकढुकी पनि हो, नेपाली जनसम्पर्क समिति क्यालिफोर्निया च्याण्टरका कार्यवाहक सभापति नारायण खनालले भने – ‘हाम्रा वालवालिकाहरु सयौं डलर तिरेर यहाँको कन्सर्ट हेर्न जान्छन्, अब हामीले हाम्रा पुस्तालाई आफ्नो गीतसंगीत सिकाउनु पर्छ र हामी सबैले यसलाई कन्सर्टलाई ऐतिहासिक बनाउनुपर्छ । ‘धेरै वर्षपछि नेपथ्यको कन्सर्र्ट हेर्न पाउछौ भनि गर्व लागिरहेको छ’-उनले थपे । समाजसेवी एवं व्यावसायी हरिहर दाहालले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सबैलाई अगष्ट १० मा नेपथ्यको कन्सर्टमा सहभागी हुन आग्रह गर्दै लेखेका छन् -“भुईंमा उम्रेर , भुईंमा हुर्केर , भुईंमै लटरम्म फलेका  भुईं मान्छे हुँन अमृत गुरुङ। मनबाट श्रद्धा गरीने थोरै नेपाली मद्धेका एक हुँन उनी । उनी सामाजिक सद्भाब र एकताका प्रतिक पनि हुँन।
    दाहाले अगाडि लेखेका छन् – यि भुईं मान्छे १० तारिक सनिबारको दिन सानफ्रान्सिस्कोमा आउने कुराले हामी उत्साहित्  भएका छौं। सुने अनुसार , यो उनको अन्तिम संगितिक यात्रा हुनेछ। सिमाना र समाज जोड्ने अशल मान्छेका लागि  यो नागरिक अभिनन्दन पनि हो । मिल्ने र भ्याउने जती हामी सबै जाँउ है “।
    बे एरियाका सक्रिय सामाजिक युवा केपी ढकालले नेपथ्यको कन्सर्ट हेर्न बे एरियाका हर तप्काका नेपालीहर आतुर भएको बताए l ‘मैले त टिसर्ट लगाएर हिडिसकेको छु’,- उनले भने-‘अब अगष्ट १० को मात्र प्रतिक्षा छ ‘l

टिकटका लागि आयोजकले बनाएको ब्रोसरमा रहेको ‘क्यूआर कोड’ स्क्यान गरेर टिकट बुक गर्न सकिने आयोजकले जानकारी दिएका छन् । नेपथ्यले लोक संगितलाई रक शैलीमा गाएर नेपाली संगितलाई अन्तराष्ट्रियकरण गर्न ठूलो भूमिका खेलेको छ । नेपथ्य समूह नेपालमा आन्तरिक द्वन्द्व चलिरहँदा शान्तिका लागि शिक्षा अभियान लिएर गाउँ गाउँमा पुगेको थियो ।
कार्यक्रमलाई सफल बनाउनका लागि नेपाली गीत संगीतप्रमी तथा शुभेक्षुकहरुलाई कार्यक्रममा आएर सहयोग गरीदिन आयोजकले अनुरोध गरेका छन् ।

नेपाली श्रोता र दर्शकहरुबीच चर्चित ब्याण्ड नेपथ्यले नयाँ र सर्वकालिक हिट गीतहरु प्रस्तुत गर्ने बताइएको छ । दर्शकको भावनालाई बुझेर स्टेजमा प्रस्तुती दिने साथै नाच्न र नचाउन माहिर समूह नेपथ्यले बेलायतको वेम्ब्ली स्टेडियम लगायत विदेशका ६५ तथा स्वदेशमा ५० बढी स्थानमा कन्सर्ट गरिसकेको छ ।
नेपथ्यको अमेरिकाको म्युजिकल टुर अगस्ट ३ बाट कोलोराडो बोल्डर थियटरबाट सुरु भएको छ । कोलोराडोको प्रस्तुती निकै भव्य भएको थियो । नेपथ्यले अगस्ट ६ र ७ मा पेन्सिलभेनियाको द फोरम अडिटोरियममा अगस्ट १० मा सान फ्रान्सिस्कोको द वारफिल्ड, अगस्ट  १७ मा ओहायोको केम्बा लाइभ तथा अगस्ट २४ मा टेक्सासस्थित अर्भिङको टोयोटा म्युजिक फ्याक्ट्रीमा सांगितिक प्रस्तुति दिने तय भइसकेको छ । त्यस्तै अगस्ष्ट २३ मै बस्टनको रोयलमा पनि नेपथ्यको सांगितिक कार्यक्रम राखिएको छ ।
छेक्यो छेक्यो.. , चरि मर्यो सिसैको गोलीले.. , तालको पानी .., जोगले हुन्छ भेट …, जीमसोमे बजारमा … जस्ता सर्वाधिक प्रिय गीतका सर्जक नेपथ्य समूहमा गायक अमृत गुरुङ, ध्रुव लामा, सुविन शाक्य, निरज गुरुड, दिनेशराज रेग्मी र शान्ति बहादुर रायमाझी छन् ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result