दूरबिन नेपाल, न्युयोर्क
पत्रकार तथा लेखक सरला गौतमले आफ्नो पहिलो कृृति डुमेरो सार्वजनिक गरेकी छिन । नेपालय पब्लिकेसन्सले बजारमा ल्याएको गौतमको डुमेरोमा एक आम युवतीको संघर्षको कथालाई समेटिएको छ । सामाजिक र राजनीतिक विषयमा खरो विचार प्रस्तुत गर्ने गौतमको डुमेरो पहिलो साहित्यिक कृति हो । हाम्रै समाजको आम पात्रले भोग्ने चुनौती र संघर्षको कथालाई सरल र चलनचल्तीको भाषामा समेटीएकोले गौतमको कृतिले पाठकहरुलाई नयाँ स्वाद दिने पब्लिकेसन्सले विस्वास गरेको छ ।
नेपाली रुपैयाँ चार सय ९५ मुल्य रहेको पुस्तक नेपालका मुख्य पुस्तक पसलहरुबाट सहजै प्राप्त हुनेछ । त्यसैगरि डुमेरोको ई–बुक प्रतिलिपि थुप्रै डट कम (thuprai.com) बाट पनि किन्न सकिन्छ । सरला गौतमको डुमेरो अमेजनबाट अनलाईन मार्फत पनि विश्वभरीनै उपलव्ध हुने बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-