काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विचार मिल्ने शक्तिसँग चुनावी तालमेल र गठबन्धन गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकमा भट्टराईले चुनावी रणनीति बनाउन लाग्नपर्नेमा जोड दिए ।
भट्टराईले नयाँ पार्टीलाई देशव्यापी बनाउनका लागि नेता र कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । स्थानीय तहसम्म नै पार्टीलाई पुर्याउन र नयाँ मतदातालाई आकर्षित गर्नुपर्ने उनको भनाइ थियो । निर्वाचनको मुखमा गठन भएको पार्टीले कस्तो प्रदर्शन गर्ला भन्न नसकिने धारणा राख्दै उनले सत्तामात्रै नभएर सदन र सडकबाट पनि समाज परिवर्तनका लागि लाग्न आग्रह गरे ।
त्यस्तै, भट्टराईले जनता समाजवादी पार्टी जातीवादी र क्षेत्रीय भएको बताए । उपेन्द्र यादव नेतृत्वको पार्टीले जातीय र क्षेत्रीय संक्रिणर्ताबाट माथि उठेर जनताका मुद्दा उठाउन नसक्ने भट्टराईको भनाइ थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-