Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कृषिका लागि जलाधार संरक्षण

साउन २२, २०७५ १:२४ मा प्रकाशित
Share on FacebookShare on Twitter

पोखरा, २२ साउन / कास्की, तनहँु र स्याङ्जा भएर बग्ने सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा यस आसपासको ५०० रोपनीभन्दा बढी उब्जाउयोग्य जग्गा बगरमा परिणत भएको छ ।

कृषि योग्य खोला किनारका जमीन वर्षौंदेखि जलाधार संरक्षणको अभावमा उपयोगविहीन बनेका हुन् । कृषिका अतिरिक्त जल पर्यटनको सम्भावना रहेको यस क्षेत्रको संरक्षण हुन नसक्दा वर्षेनी कटान तथा भूक्षय बढेको स्थानीय समाजसेवी एवं सुरौदी जलाधार संरक्षण समितिका अध्यक्ष मनराज गुरुङले बताउनुभयो ।

उक्त जलाधार संरक्षणका लागि तीनवटै जिल्लाका उपभोक्ता सम्मिलित समितिले संरक्षणको प्रयास थालेको छ । उहाँका अनुसार जलाधारको संरक्षण र उपयोग गर्न सके स्याङ्जाको प्युरीदोभानदेखि कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहँुको घारी बगरसम्मका अधिकांश खेतीयोग्य भू–भाग सुरौदी खोलाको पानीले सिँचाइ गर्न सकिन्छ ।

जल पर्यटनको विकासका साथै माछापालनलाई पनि यहाँको आयआर्जनको महत्वपूर्ण विकल्पका रुपमा बढाउन सकिने सम्भावना छ । खोलालाई निश्चित बाटोमा हिँडाउन ठाउँठाउँमा तटबन्ध निर्माण गर्नु आवश्यक रहेको समितिका उपाध्यक्ष चेतबहादुर महतले बताउनुभयो ।

खोला बग्ने भूभागमध्ये प्रथम चरणमा प्युरी दोभान, कुर्लिङ र घुमाउनेमा तटबन्ध निर्माण गर्नुपर्ने देखिएको बताउँदै उहाँले यसका लागि बृहत् गुरुयोजना तयार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

आसपासका बासिन्दामा जलाधार संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धि गराउँदै यसलाई आयआर्जनको माध्यम बनाउन प्रेरित गरिनुपर्ने र खोला आसपासका सामूदायिक बन उपभोक्ता समिति समेतको सहकार्यमा संरक्षण कार्यलाई अघि बढाइनुपर्ने समितिको सोच छ ।

पछिल्ला वर्षमा नदीजन्य ढुंगा, गिट्टी, बालुवा जथाभावी उत्खनन बढेकाले त्यसलाई रोक्न समितिले तीनवटै जिल्लास्थित सम्बद्ध निकायमा अघिल्लो आवमा नै ध्यानाकर्षण गराएको थियो ।

विगतमा स्थानीय जातका माछा प्रशस्त हुने सुरौदी खोलामा करेन्ट लगाएर, विषादी हालेर मार्ने क्रम बढेपछि माछा कम हुँदै गएकाले नियन्त्रण प्रयास थालिएको उपाध्यक्ष महतले जानकारी दिनुभयो ।

नदीको वर्षेनी धार परिवर्तन हुँदै जाँदा करीब ६० वर्षयता कैयौँ खेतीयोग्य जमीन बगरमा परिणत भएको समाजसेवी यमप्रसाद पौडेलले बताउनुभयो । खोला नियन्त्रणका साथै तनहँु र कास्कीको सिमामा पर्ने राँकीमा पक्की पुल निर्माण गरे यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको बजारीकरण निकै सहज हुने उहाँको भनाइ थियो ।सुरौदी खोलाको सिरान प्युरी दोभानमा मोटर गुड्ने पुल निर्माण भइसकेको छ भने घुमाउनेमा पुल निर्माण भइरहेको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result