अमेरिका । गैर आवासीय नेपाली सङ्घ बेलायतको आज सार्वजनिक भएको मत परिणाम अनुसार प्रेम गाहा मगर अध्यक्षमा निर्वाचित हुनु भएको छ । एनआरएनए बेलायतको निर्वाचन आयोगले मतदान सकिएको चार दिन पछि आज राति सार्वजनिक गरेको मत परिणाम अनुसार प्रेम गाह मगरले ४ हजार ५ सय ७४ मत प्राप्त गर्नु भई विजयी हुनु भएको हो । मगरले किटतम प्रतिद्वन्दि दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई ठुलो मतान्तरले पराजित गरेका छन् ।
नतिजा समयमा नै सार्वजनिक नगरेपछि बेलायत भरि आइसीसीको एउटा पक्षको इशारामा मत परिणाम तलमाथि गर्न खोजेको निर्वाचन समितिलाई आरोप लगाएका थिए । आज निर्वाचनको नतिजा सार्वजनिक गर्दै प्रमुख निर्वाचन आयुक्त महेन्द्र कडेलले अरोपहरुको आक्रोशपूर्ण खण्डन गरे । बेलायतमा प्रेम गाह मगर समूहको पुरै प्यानल विजयी भएको छ ।
एनआरएनए बेलायतमा आइसीसीका वर्तमान महासचिव हेमराज शर्माले समर्थन गरेको समूह नै पराजित भएको छ । यस अघि एनआरएनए अमेरिकामा पनि आइसीसीका वर्तमान सचिव गौरि जोशीले सहयोग गरेको समूह पराजित भएको थियो । यस पटक महासचिव र सचिव दुवैले आफ्नो गृह राज्यमा आफू निकट समूहलाई जिताउन सकेनन् ।
प्रतिक्रिया लेख्नुहोस्:-