Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विद्युतीय पुस्तकालय विकास गर्दै कीर्तिपुर

साउन २४, २०७५ १:४६ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २४ साउन / कीर्तिपुर नगरपालिकाले स्थानीयवासी तथा सामुदायिक विद्यालयको शैक्षिक स्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्युतीय पुस्तकालयको विकास गर्ने भएको छ ।

नगरपालिकाले स्थानीयवासी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई पछिल्ला विकास प्रविधिमा आबद्ध गरी नवीनतम् ज्ञान उपलब्ध गराउने नीतिअनुसार उक्त पुस्तकालय स्थापना हुन लागेको छ । विद्युतीय माध्यमबाट पुस्तकलाई पढ्न सकिने व्यवस्था नै विद्युतीय पुस्तकालय हो ।

सूचना र प्रविधिको विकाससँगै आधुनिक समाजमा पुस्तकालय अध्ययन, अनुसन्धान तथा ज्ञानको खोजले मानिसको चेतना वृद्धिसहित सफल बनाउँछ भन्ने अवधारणाबाट उक्त पुस्तकालय स्थापना खोल्न लागिएको नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले बताउनुभयो । बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएपछि परम्परागत रुपमा सञ्चालन हुँदै आएका पुस्तकालयको विकल्पका रुपमा विद्युतीय पुस्तकालयको महत्व बढ्दै गएको छ ।

सफ्टवेरको माध्यमबाट कम्प्युटरमा पुस्तकलाई डिजिटलाइज गरेपछि त्यहाँ भएका पुस्तकलाई विद्युतीय पुस्तकालयमा गएर अध्ययन गर्न सकिन्छ । यस्ता पुस्तकालयमा पढ्नका लागि सूचना प्रविधिको ज्ञानको समेत खाँचो गर्दछ । विद्युतीय माध्यम (कम्प्युटर, ल्यापटप र मोबाइल) को प्रयोगसम्बन्धी ज्ञान नभएका सर्वसाधारणले विद्युतीय पुस्तकालयबाट ज्ञान हासिल कठिन हुन्छ ।

पाठकले इच्छाएको कृति, पुस्तक तथा किताबको नाम टाइप गरेपछि सम्बन्धित पुस्तक पढ्न सकिन्छ । हालै सम्पन्न नगरसभाले स्वयंसेवी शिक्षकको व्यवस्थासहित पुस्तकालय सञ्चालन गर्ने तथा शैक्षिक केन्द्रका रुपमा कीर्तिपुरलाई परिचित गराउनेलगायत विषयलाई अनुमोदन गरेको छ । चालु आवको प्रथम चौमासिकभित्र सो पुस्तकालय सञ्चालन गर्ने नगरपालिकाले अठोट लिएको छ । पुस्तकालय विकास गरी समुदायलाई सचेत बनाउने उद्देश्यसहित आगामी भदौ १५ गते १०औँ राष्ट्रिय पुस्तकालय दिवसको मूल नारा ‘जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमूना पुस्तकालय’ भन्ने थियो ।

एउटा किताबलाई धेरै जनाले पढ्नसक्ने भएकाले पनि यसको प्रयोग बढ्दै गएको हो । समयको व्यवस्थापनमा सजिलो, पुस्तकालय चाहर्नुपर्ने झञ्झट नहुने र चौबिसै घण्टा आफूले चाहेको पुस्तक विद्युतीय माध्यमबाट पढ्न सकिने भएकाले यसको प्रयोग बढेको छ । विद्युतीय पुस्तकालयमा शिक्षक नभए पनि विद्यार्थीले आफूलाई चाहिएको विषयका पुस्तक सजिलै खोजी अध्ययन गर्न सक्छन् ।

शिक्षा मन्त्रालयको पुस्तकालय शाखाले अहिले देशका अन्य सामुदायिक विद्यालयमा पनि विद्युतीय पुस्तकालयको स्थापना गर्न प्रेरित गरिरहेको छ । विद्युतीय पुस्तकालयमा पुस्तक हराउने, चोरिने र नष्ट हुने डर नहुने हुँदा यसको प्रयोग बढाउन स्थानीय विद्यालयलाई मन्त्रालयले प्रोत्साहन गरिरहेको छ । शिक्षा विभागले यस्तो पुस्तकालयको सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरिसकेको छ ।

विसं २०६६ देखि विद्युतीय पुस्तकालयको शुरुवात गरेपछि साझा शिक्षा ‘ई’ पार्टीले अहिलेसम्म करिब २० हजार पुस्तक तथा चार हजार स्वास्थ्य शिक्षासम्बन्धी पुस्तकलाई भिडियो बनाएर विद्युतीय पुस्तकालयमा समावेश गरेको ई पार्टीका प्रशासक टीकाराज कार्कीले जानकारी दिनुभयो ।

कीर्तिपुर नगरपालिका–२ का वडाध्यक्ष रमेशमान डंगोल दुर्लभ पुस्तक तथा सर्वसाधारणको पहुँचमा नरहेका पुस्तकलाई डिजिटलाइज गरेर विद्युतीय पुस्तकालयमा राख्नुपर्ने सुझाव दिनुहुन्छ । राष्ट्रिय संस्कृति निर्माणमा कीर्तिपुरको सभ्यता र संस्कृतिको विशेष महत्व रहेको बताउँदै उहाँले स्थानीय भाषालाई समेत प्राथमिकता दिई उक्त पुस्तकालयमा समावेश गरिने जानकारी दिनुभयो । एकै पटकमा धेरै जनाले एउटै विषयवस्तुलाई अध्ययन गर्न सक्ने र पाठ्य सामग्रीको अभाव नहुने भएकाले ग्रामीण क्षेत्रमा विद्युतीय पुस्तकालयको प्रभाव बढिरहेको पाइन्छ ।

मुलुकको पहिलो विश्वविद्यालय रहेको उक्त नगरपालिकामा विभिन्न स्थानबाट आउने विद्यार्थीले उच्च शिक्षा हासिल गरेको भए पनि स्थानीयवासीले त्यहाँबाट अपेक्षाकृत लाभ लिन सकेका छैनन् । उच्च शिक्षा अध्ययनका लागि अति विपन्न वर्ग र समुदायका जेहेन्दार विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति उपलब्ध गराउने नीतिसमेत लिएको छ ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result