अमेरिका १० अगष्ट
तीन लाख भन्दा बढी नेपालीको बसोबास भएको अमेरिकाका विभिन्न सहरमा मठमन्दिर, बौद्ध स्तुपा र यज्ञशालाको निर्माण कार्यहरू भइरहेका छन् । पश्चिम तटिय सुन्दर सहर सान्फ्रान्सिसकोमा नेपाली सामुदायिक भवन र मन्दिर निर्माणका लागि केही महिना अगाडि जग्गा खरिद भइसकेको छ । नेपाली सामुदायिक भवन निर्माण लागि यही अगष्ट १२ देर्खि १९ तारिखसम्म जग्गा रहेको स्थान एलसब्रान्तेमा धार्मिक महोत्सव गरिने नर्दन क्यालिफोर्निया नेपाली सोसाइटीले जनाएको छ ।
धार्मिक महोत्सवमा वाचन प्रवीण पण्डित दिनवन्धु पोखरेलले भागवत महापुराण वाचन गर्नुहुने छ । बौद्ध धर्मगुरुहरूले कार्यक्रम सफलता र शान्तिका लागि प्रवचन र मन्त्रोचारण गर्ने कार्यक्रम रहेको छ । धार्मिक महोत्वस तयारी सम्बन्धी जानकारी दिन शुक्रवार बकर््लीमा आयोजित पत्रकार सम्मेलनमा तयारी पुरा भएको जानकारी दिए । उनिहरुले सम्पुर्ण नेपाली समुदायलाई उपस्थितिका लागि आव्हान समेत गरेका छन् । अगष्ट १२, आइतवार कलश यात्राबाट महोत्सवको सुरुवात हुने भएको छ । सामुदायिक भवनको 4462 Apian way, El Sobrante CA बिहान ११ बजे बाट दिउँसो २ बजेसम्म सयौं महिलाले कलश बोकेर प्रवचनस्थल 6401 Bernhard Avenue, Richmond CA पुग्ने र कार्यक्रम सुरु हुने महोत्सव आयोजक समितिका संयोजक ईश्वरकान्त सिटौलाले बताए । ‘हरेक दिन बिहान ९ देखि २ बजे बौद्ध लामाहरुद्वारा प्रवचन तथा मन्त्रोच्चारण तथा दिउँसो २ देखि बेलुका ९ बजेसम्म भागवत महापुराण गरिने कार्यक्रम छ’ उनले पत्रकार सम्मेलनमा भने ।
कार्यक्रमका लागि नेपालबाट आएका पण्डित दिनबन्धु पोखरेल र लोकदोहोरी गायक बुद्धिसागर बस्याल पनि सो सम्मलेनमा सहभागि थिए । अध्यात्मिकतालाई नविनतम् प्रयोग गरी विश्वलाई जोड्ने अभियान अन्तर्गत यो महोत्सव गर्न लागिएको पोखरेलको भनाई थियो । विकसित शहर अमेरिकाको व्यस्त जिवनको तनाब न्यून गर्न अध्यात्मको प्रचार गरिएको यो महायज्ञले नेपाली बच्चाहरुलाइ संस्कृतिको ज्ञान दिलाउने पोखरेलले बताए । सांगितिकसहितको महायज्ञका लागि सबै कालाकार बाजाहरु बे एरियामै व्यवस्था गरिसकिएको पण्डित पोखरेलले बताए । नेपाली सामुदायिक भवन निर्माणको सहयोगार्थ यो महोत्सव गरिएको हो । बे एरियामा करिब ३० हजार नेपालीको बसोबास रहेको उल्लेख गर्दै अधिकांसको सहभागिता हुने खबरहरु प्राप्त भएको सामुदायिक भवन निर्माणका संयोजक उत्तम कार्किले बताए । त्यस्तै नेपाली एशोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) का अध्यक्ष रबिन्द्र राईले सन् २०१० बाट सुरु भएको सामुदायिक भवनको सपना पुरा गराउन यो महोत्सव सफल हुने बताए । त्यस्तै न्यान्सका महासविच प्रितेश कार्किले प्रवासका नयाँ पुस्तालाई जानकारी दिएर आफ्नो र्धम संस्कृति बचाउने अभियाना अन्तर्गत यो महोत्सव गरिएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-