Friday, December 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए आइसीसी महासचिवका लागि बुद्धि सागर सुवेदीको उम्मेदवारी घोषणा

साउन २८, २०८० ६:१६ मा प्रकाशित
एनआरएनए आइसीसी महासचिवका लागि बुद्धि सागर सुवेदीको उम्मेदवारी घोषणा
Share on FacebookShare on Twitter

 

अमेरिका । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीको आगामी अक्टोबरमा २०२३–२५ का लागि नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सागर सुवेदीले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । अगष्ट १२ तारिक पत्रकार र एनआरएन अभियान्ताहरुलाई जुम मिटिङमा बोलाएर सुवेदीले महासचिवको उम्मेदवारी घोषणा गरेका हुन् । सुबेदीले एनआरएनए आइसीसीले एनसीसीहरु माथि अनावश्यक हस्तक्षेप र अधिकार क्षेत्र हनन गरिरहेको दुखेसो गर्दै आइसीसी महासचिव भएर सहभागी  र अधिकार सम्पन्न गराउन पहल गर्ने बताए । सुवेदीले भने “अमेरिकाको नेतृत्व गर्दा एनआरएनहरुले भोगिरहेको कष्ट,  एनआरएनएको भूमिका र आवश्यकता, एनआरएनए आईसिसीले एनआरएनए एनसिसीहरुसँग मिलेर गर्नुपर्ने दायित्व तथा कर्तव्यलाई नजिकबाट नियाल्ने मौका मिल्यो ।”


संस्थालाई निजी क्लब जस्तो बनाउन गरिएका अनेकौँ हर्कतले गर्दा अहिले संस्थाभित्र राजनीतिक र बाह्य हस्तक्षेप छिरेको सुवेदीको बुझाई रहेको छ ।  अन्तरकलहका कारण आम सदस्यहरूमा संस्था माथिको विश्वास घट्दो र नकारात्मक छवि बढ्दै गएकोमा सुवेदीले दुखेसो व्यक्त गरे । सुवेदीले भने “संस्थाको विकास र विस्तारका लागि एनसीसीहरु माथि  हस्तक्षेप होइन, तिनलाई अधिकार सम्पन्न बनाएर आम सदस्यहरूको चासो र सरोकारलाई संवोधन गर्न सक्ने बनाउनु पर्छ भन्ने मेरो धारणा छ ।”

पत्रकारहरूका थुप्रै प्रश्नहरूको जवाफ दिँदै सुवेदीले एनसीसी अमेरिकाको अध्यक्ष हुँदा प्रतिबद्धता गरेका योजनाहरू पुरा गरेर कामबाट आफूलाई प्रमाणित गरिसकेको दाबी गरे । “एनसीसी अमेरिकाको निर्वाचित अध्यक्षको रूपमा थुप्रै चुनौतीहरू हुँदाहुँदै पनि हामीले गरेको काम तपाईंहरु सामु स्पष्ट  छ। गैर आवासीय नेपाली सङ्घ अमेरिकाको अध्यक्ष बन्दै गर्दा मैले गरेका सार्वजनिक प्रतिबद्धता पुरा गरेको छु । म अध्यक्ष बन्दै गर्दा एनआरएनए अमेरिकालाई आफ्नै कार्यालय भवनबाट सञ्चालन गर्ने प्रतिबद्धता गरेको थिए । करिब २ लाख ९२ हजार अमेरिकी डलरमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाका लागि भर्जिनियामा आफ्नै कार्यालय भवन खरिद गरिएको छ । संस्थालाई कुनै ब्यायभार र ऋण नराखीकन सम्पूर्ण रकम भुक्तानी गरेर किनिएको कार्यालय भवन अहिले सञ्चालनमा छ ।”

सुवेदीले नेपालमा स्वास्थ्य उपकरण र सामाग्री पठाएको विषयलाई भने निक्कै महत्त्वपूर्ण उपलब्धि भएको दाबी गरेका छन् । सुवेदीले भने “म एनआरएनए अमेरिकाको अध्यक्ष बनेको पहिलो ३ महिनामा नै ऐतिहासिक महत्वका काम सम्पन्न गरेका थियौँ । नेपाल र नेपालीलाई कोभिड महामारी विरुद्धको अभियानमा सहयोग गर्न ३ करोड ६० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री र उपकरण नेपाल पठाएका थियौँ । अमेरिकाको सेक्रेटरी अफ डिफेन्स अन्तरगत युटा नेशनल गार्डसँग सहकार्य गरी अमेरिकी सेनाको जहाजबाट सो सामाग्री नेपालसम्म निःशुल्क ढुवानी गरिएको हो । गैर आवासीय नेपाली सङ्घ अमेरिका र अमेरिकी सेना बिचको यो सम्बन्ध र सहकार्यले आगामी दिनमा नेपालमा आपत् विपत्मा सहयोग सामाग्री नेपाल पठाउन बाटो खुलेको छ । यो ऐतिहासिक उपलब्धि हो ।”

एनआरएनए अमेरिकाको तर्फबाट नेपालको सल्यान जिल्लाको विकट गाउँमा मिनी प्रसूति गृह निर्माण र सञ्चालनको काम गराएको, नेपालमा, पुस्तकालय, वृद्ध आश्रममा स्वास्थ्य सामाग्री प्रदान गर्ने काम, सार्वजनिक शौचालय स्थापना लगायतका आफ्नो पालामा भएका कामको फेहरिस्त प्रस्तुत गरे ।  सुवेदीले भने  “संसारभरि रहनु भएका साथीहरूको सद्भावलाई आफ्नो सम्पत्ति ठानेर मैले तपाईंहरु सँगै सरसल्लाह गरी आगामी २०२३९२५ कार्यकालका लागि एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ।” बुद्धि सागर सुवेदीको महासचिव उम्मेदवारी घोषणा कार्यक्रम २० जना भन्दा बढी एनआरएनए एनसीसीका निवर्तमान अध्यक्षहरूले शुभकामना दिएका छन् । ने वी सङ्घका पूर्व महामन्त्री साथै परमाणु वैज्ञानिक डा यादव पण्डित, नेपाली जनसम्पर्क समितिका पूर्व संयोजक विष्णु सुवेदी, महासचिव मुनीन्द्र नेम्वाङ,  भगवान् मैनाली, अनन्त सुवेदी, गैर आवासीय नेपाली सङ्घ आइसीसीका पूर्व र वर्तमान पदाधिकारी र सदस्यहरूले सुवेदीलाई महासचिवमा उपयुक्त व्यक्ति भएको भन्दै सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । सुवेदीले  आफ्नो घोषणा पत्र छिट्टै सार्वजनिक गर्ने बताए ।

सम्बन्धित समाचार

Breaking News

देशमा प्रतिक्रियावादीहरु सल्बलाउन थालेको अध्यक्ष ओलीको टिप्पणी

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्णसहित १६ जनालाई जेल पठाउने अदालतको आदेश
Breaking News

नक्कली भुटानी शरणार्थी प्रकरणमा बहस सकियो

नेजाद्वारा अस्टिनवासी समुदायसँग अन्तरक्रिया
अमेरिका समाचार

नेजाद्वारा अस्टिनवासी समुदायसँग अन्तरक्रिया

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ मा गर्ने
ट्रेन्डिंग न्यूज्

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ मा गर्ने

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट
Breaking News

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट

स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने रास्वपाको निर्णय
Breaking News

स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने रास्वपाको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result