सानफ्रान्सिस्को, अमेरिका १३ अगष्ट
नेपाली सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले यहाँ आयोजित धार्मिक भागवत महापुराण शनिवारदेखि कलशयात्रा सहित शुरु भएको छ । प्रस्तावित भवन निर्माणस्थल एपिएन वे, एलसाब्रान्तेबाट कलश यात्रा प्रारम्भ गरी महापुराणस्थल वर्नहार्ड एभिन्यू पुगेर वाचन प्रारम्भ भएको थियो ।
कलश यात्रा अघि पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु रिम्पोछेबाट छुट्टाछुट्टै बिधिद्वारा भूमि-पूजा गरिएको थियो । अगष्ट १२ देखि १९ सम्म एक साता भागवत पुराण वाचन हुने कार्यक्रम रहेको आयोजकहरुले जानाएका छन् ।
करिब ३० हजार नेपालीहरुको बसोबास रहेको बे एरियामा बन्न लागेको नेपाली सामुदायिक भवन निर्माण सहयोगार्थ महापुराणको आयोजना गरिएको हो। यस्ता धार्मिक कार्यक्रमबाट सामुदायिक भवन निर्माणमा आर्थिक सहयोग त जुट्छ नै त्यसका अतिरिक्त प्रवासका नयाँ पुस्तालाई नेपाली धर्म-संस्कृति बारे जानकारी गराउन समेत सघाउ पुग्ने आयोजकहरुको ठम्म्याई छ।
सामुदायिक भवन निर्माण सहयोगार्थ सञ्चालित चिट्ठा पनि पुराणको अन्तिम दिन खुल्ने आयोजकहरुले जनाएका छन् । जसको पहिलो पुरस्कार टोयोटा क्याम्री २०१८ कार राखिएको छ । महापुराणमा सानफ्रान्सिस्कोमा रहेका प्राय सबै नेपाली संघ-संस्थाहरुको सक्रिय सहयोग र सहभागिता रहेको छ।
तस्वीर: इश्वरी न्यौपाने
Bernhard Avenue, Richmond CA
प्रतिक्रिया लेख्नुहोस्:-