अमेरिका, १३ अगष्ट
पोखराको हेम्जा आसपासमा जन्मिएका, हुर्किएका,पढेका र अहिले अमेरिकामा बसोबास गर्दै आएकाहरू मिलेर हेम्जा कल्याणकारी समाज, अमेरिका गठन गरेका छन् । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका हेम्जालीहरुले न्यूयोर्कको एक सुन्दर पार्कमा आइतबार वनभोजको उत्सव गर्दै समाज गठन गरेका हुन् ।
हेम्जा कल्याणकारी समाजको अध्यक्षमा निरज सापकोटा, उपाध्यक्षमा गंगा थापा ,महासचिव अनिल कुँवर ,सचिव नवीन अधिकारी , कोषाध्यक्ष पदम दाहाल , र सदस्यहरूमा अबिनय अधिकारी बिनोद कार्की ,मनोज सापकोटा ,गोविन्द कुँवर ,दानबहादुर थापा , सुभद्रा सापकोटा रहेका छन् ।संस्थाको सल्लाहकारमा विश्व बाँस्तोला, गंगाधर त्रिपाठी ,बीरबहादुर कुँवर , हरि खड्का, बिदूर सापकोटा हुनुहुन्छ । हेम्ज़ा पोखराको बृहत्तर हितमा काम गर्दै जाने उद्देश्यले संस्था गठन गरिएको हो । समाजले हेम्जा क्षेत्रको विकास र संवृद्धिका लागि अन्य संघ संस्थाहरूसँग सह(कार्य गर्ने हेम्ज़ा कल्याणकारी समाज , अमेरिकाका नव निर्वाचित अध्यक्ष नीरज सापकोटाले बताए । वनभोजमा तिनसय भन्दा बढी संख्यामा हेम्जालीहरुको उपस्थिति थियो । हेम्जा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भित्र पर्दछ । हेम्जामा पर्यटन, होटेल र कृषि व्यवसायबाट राम्रो आर्जन हुने गरेको छ । हेम्जा नेपाली संस्कार संस्कृति र रितिरिवाजको साझा फुलबारी हो । हेम्जाको विविधतालाई आत्मसाथ गर्दै हुर्किएर अमेरिका आइपुगेका हेम्जा पोखरावासीलाई पुनरमिलन गराउन र सहयोग जुटाउन नवगठित समाजले काम गर्ने विश्वास लिइएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-