Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पाँच हजार हरियो रुख काट्नुपर्ने

साउन २९, २०७५ १:५२ मा प्रकाशित
पाँच हजार हरियो रुख काट्नुपर्ने
Share on FacebookShare on Twitter

वीरगञ्ज २९ साउन / पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने भएको छ । बारा जिल्लाको पथलैयादेखि अमलेखगञ्जसम्म आठ किलोमिटर पाइप लाइन विस्तार गर्दा बीचमा पर्ने निकुञ्जभित्रको पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने बताइएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभतm आचार्यका अनुसार सो पाइप लाइन अमलेखगञ्जसम्म विस्तार गर्दा निकुञ्जभित्रका करीब पाँच हजार हरियो तथा वयस्क रुख काट्नुपर्ने बताउनुभयो । उहाँले यसको लागि सङ्घीय सरकारले स्वीकृति दिइसकेकाले वन तथा वातावरण मन्त्रालयले वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनबारे स्वीकृति दिएपछि रुख काटने प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

यसैबीच बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको मोतिहारी–अमलेखगञ्जसम्म पाइप लाइन जमीनमुनि राख्ने काम बाराको जीतपुर बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएको संरचना नभत्काउँदा सो क्षेत्रको काम प्रभावित भएको छ ।

पथलैयादेखि अलौँसम्म सडक विभागले छ लेनको व्यापारिक मार्ग बनाइरहेको र सो मार्गमा पर्ने जीतपुर बजारको करीब डेढ किलोमिटर क्षेत्रमा रहेका घर टहरा हालसम्म नभत्काउँदा उक्त क्षेत्रमा पाइप लाइन बिछ्याउने काम प्रभावित भएको पाइप लाइन कार्यालय बाराले जनाएको छ ।

सडक अतिक्रमण गरी बसेको जीतपुर बजार क्षेत्रको घर टहरा समयमा सम्बन्धित निकायले हटाउन नसक्दा सो क्षेत्रमा काम गर्न बाँकी रहेको छ– इञ्जिनीयर शरदप्रसाद पौडेलले राससलाई भन्नुभयो, “जीतपुर, परवानीपुर, रजतजयन्ती चोक, गण्डक क्षेत्र बाइपास क्षेत्रलगायतका ठाउँमा जमीनमुनि पाइप राख्ने काम रोकिएको छ ।

भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको पाइप लाइनमध्ये हालसम्म करीब १७ किलोमिटरसम्म पाइप जमीनमुनि बिछ्याउने काम सम्पन्न भएको छ । नेपालतर्फको भारतीय सीमादेखि अमलेखगञ्जसम्म ३६ दशमलब २ किलोमिटर भू–भागमध्ये हालसम्म ठाउँठाउँ गरी १७ किलोमिटर पाइप जमीनमुनि राख्ने काम सम्पन्न भएको छ ।

रु २७५ करोडको लागतमा निर्माण भइरहेको सो पाइप लाइन निर्माणको लागि भारत सरकारको रु २०० करोड तथा नेपाल सरकारको रु ७५ करोड लगानी रहेको सो कार्यालयले जनाएको छ । प्रतिघण्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ भित्रिने र भण्डारणको लागि अमलेखगञ्ज डिपोमा तीन हजार ९०० किलोलिटर तथा चार हजार १०० लिटर क्षमताको चार वटा ट्याङ्कर निर्माण भइरहेको छ ।

गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गर्नुभएपछि यसको निर्माण कामले गति लिएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result