Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रु ८४ करोडको खानेपानी आयोजना सम्झौता

साउन २९, २०७५ ३:२४ मा प्रकाशित
Share on FacebookShare on Twitter

इलाम, २९ साउन / बहुप्रतिक्षति इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना’ को सम्झौता भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । इलाममा सञ्चालन हुने अयोजनाको कार्यान्वयन गर्न सम्झौता भएपछि स्थानीयवासी खुशी भएका छन् ।

आयोजनाको व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा रु ८३ करोड ६८ लाख २९२ को लागतमा इलामकै हालसम्मको ठूलो खानेपानी आयोजना निर्माण गर्न लागिएको हो ।

आर्थिक वर्ष ०७७÷७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि नेपाल सरकारमार्फत एडिबीले ७० प्रतिशत अर्थात रु ५८ करोड ५७ लाख ६० हजार २०४ अनुदान उपलब्ध गराउनेछ । स्थानीय उपभोक्ताको ५ प्रतिशत लागत सहभागिता अन्तर्गत रु चार करोड १८ लाख ४० हजार १४ लगानी रहनेछ । इलाम नगरपालिकाले २५ प्रतिशत अर्थात रु २० करोड ९२ लाख ७३ रुपैयाँ नगर विकास कोषसँग ऋण जमानत बस्नुपर्ने छ ।

आयोजनाबाट लाभान्वित हुने उपभोक्ताको अग्रिम दाखिला गर्नुपर्ने ५ प्रतिशत नगद रकम दाखिला गरिसकेपछि सरोकारवालाबीच वित्तीय सम्झौता भएको हो । खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकाका चार खोलाको मुहानबाट पानी ल्याइने खानेपानी उपभोक्ता समितिका अध्यक्ष केदार थापाले बताउनुभयो । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउने उहाँको भनाइ छ ।

घरको धारामा पानी नआएर खोला, खोल्सा तथा कुवामा धाउनुपर्ने बाध्यता हट्ने भन्दै स्थानीयवासीमा खुशी भएका छन् । हाल इलाम बजारमा इलाम नगरपालिकाले पानी वितरण गरिरहेको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result