Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रतिभा पहिचान शैक्षिक प्रतियोगताको नतिजा प्रकाशन

साउन २९, २०७५ ३:४३ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २९ साउन / नेपाल एष्ट्रोनोमिकल सोसाइटीले राष्ट्रिय प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगताको ‘पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१८’ को नतिजा प्रकाशन गरेको छ ।

प्रतियोगितामा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर काठमाडौँका स्वर्णिम तिवारी यस वर्षको विजेता बन्नुभएको छ । यसैगरी रातो बङ्गला स्कूल पाटनका वेदान्त लोहनी, बूढानीलकण्ठ स्कूलका शुभम् शर्मा, अरनिको उच्च मावि विराटनगरका रुवेक पौडेल, द टाइम्स उच्च मावि काठमाडौँका प्रतीक भण्डारीले यसै वर्ष बेइजिङमा हुने सम्मेलनमा भाग लिन पाउनुहुनेछ ।

त्यस्तै रातो बङ्गला स्कूल पाटनका विशाल बराल, रातो बङ्गला स्कूल पाटनकै हर्ष रौनियार, गण्डकी बोर्डिङ स्कूल पोखराका हार्दिक श्रेष्ठ, सेन्ट जेभियर कलेज काठमाडौँका राजु बस्नेत, एस ओ एस हर्मन जिमिनियर स्कूल भरतपुरका निश्मा भट्टराई, रातो बङ्गला स्कूल पाटनका अङ्कित पण्डित, कान्तिपुर उच्च मावि विराटनगरका सहदेव राई र प्रसादी एकेडेमी पाटनका विनय ठाकुरले छैटौँ स्थानदेखि क्रमशः १३औँ स्थानसम्मको परिणाम प्राप्त गर्नुभएको जनाइएको छ ।

साउन १८ देखि २५ गतेसम्म सञ्चालन गरिएको अन्तिम चरणको परीक्षाको नतिजा आज प्रकाशित गरिएको हो । २०७४ साल फागुन ५ गते पहिलो चरणअन्तर्गत विराटनगर, चितवन, काठमाडौँ, पोखरा, बुटवल र धनगढीमा परीक्षा सञ्चालन गरिएको थियो । तीन चरणको राष्ट्रिय प्रतियोगितामा पहिलो चरणबाट ३३ विद्यार्थी छानिएका थिए । दोस्रो चरणअन्तर्गत खगोलीय साधन बनाउने, प्रतिवेदन लेख्ने, कार्यपत्र बनाउने, जनसम्पर्क कार्यक्रम गर्ने जस्ता चरण पूरा गरेका थिए ।

दोस्रो चरणबाट तेस्रो अर्थात् अन्तिम चरणका लागि १७ विद्यार्थी छनौट गरिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई बताउनुभयो । छनौटमा परेका प्रतियोगीलाई साउन १८ देखि २५ गतेसम्म सञ्चालन गरिएको बन्द शिविरका लागि काठमाडौँ बोलाइएको थियो । बन्द शिविरबाट अन्तिम चरण परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।

कार्यक्रममा जुन ३०, २०१८ मा २० वर्षभन्दा कम उमेरका दश जोड दुईसम्म अध्ययनरत विद्यार्थीले आवेदन दर्ता गराएका थिए । राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक राष्ट्रिय प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगता हो ।

प्रतियोगितामा सामेल भई उत्कृष्टता प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय कार्यक्रमका लागि सिफारिश गरिँदै आएको सोसाइटीले जनाएको छ । सन् २०१४ देखि सञ्चालन भएको प्रतियोगिताबाट ८०० भन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा परीक्षण गरिसकेका छन् । कार्यक्रमले उत्कृष्ट ठह-याएका विद्यार्थी देश विदेशका उत्कृष्ट विश्वविद्यालयमा अध्ययनरत छन् । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result