काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सत्तारुढ दलकै अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताएका छन् ।
मेयर शाहले सोमबार फेसबकुमा स्टाटस लेख्दै फोहोर व्यवस्थनमा राज्य संरचना निरीह बनेको टिप्पणी गरेका छन् । बञ्चरेडाँडमा ५ अर्ब भन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा पनि फोहोर लैजान माथापच्ची गर्नुपरेकोमा उनले असन्तुष्टि जनाएका छन् ।
‘२०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ? ’ बालेनले प्रश्न गरेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-