Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

साउन ३१, २०७५ ३:५० मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ३१ साउन / विश्वभरिका हस्तकला तथा शील्पकलाका कालाकारको साझा संगठन विश्व कला परिषद् एशिया प्रशान्त क्षेत्रको ३७औँ साधारणसभा र अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना गरिने भएको छ ।

हस्तकलाको बजार प्रवद्र्धन, कलाकार तथा कालीगढको क्षमता अभिवृद्धि, पर्यटन प्रवद्र्धन र सीप, प्रविधि तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिने नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिनुभयो ।

आगामी भदौ १४ देखि १६ गतेसम्म हुने उक्त सम्मेलनमा विभिन्न देशका करीब १०० प्रतिनिधिको सहभागिता रहने छ । यो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा पहिलो पटक हुन लागेको हो ।

सम्मेलनका क्रममा हस्तशिल्पी कलाकारद्वारा निर्मित कलाकृति तथा हस्तकलाका सामग्रीलगायत सम्मेलनमा सहभागी देशका कलाकारको कलासमेत प्रदर्शनी हुने उहाँले जानकारी दिनुभयो । भारत, चीन, कुवेत, बंगलादेश, काजकिस्तान, ओमान, प्यालेस्टाइन, इरान, मलेशिया, श्रीलंका, इण्डोनेसिया र थाइलाण्डलगायत देशका कलाकारले आआफ्नो देशको विशेषतासहितको कला प्रदर्शनी गर्नेछन् ।

त्यस्तै सम्मेलनकै क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका हस्तकला र कृति निर्माण प्रक्रियासम्बन्धी जीवन्त प्रदर्शनी पनि सञ्चालन गरिने अध्यक्ष शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्मेलनमा जीवन्त प्रदर्शनीले सुसुप्त प्रतिभाको उजागर एवं नवप्रतिभाको पहिचानका साथै कलाकारहरुको मनोबल उच्च तुल्याउन र कला सिर्जनामा थप उत्प्रेरणा मिल्ने छ ।” स्वेदशी तथा विदेशी हस्तकर्मीको कालाको जीवन्त प्रदर्शनीमार्फत विविध संस्कृति, नयाँ कला, शिल्प तथा प्रविधिको आदानप्रदान गर्ने वातावरण सिर्जना भई नेपाली हस्तकलाको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

सम्मेलनमा कलासम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा सम्बन्धित विज्ञको प्रस्तुतिसमेत रहने छ । त्यस्तै सम्मेलनमा सहभागीलाई विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणबाट उत्कृष्ट काठमाडौँ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, पशुपति क्षेत्र, स्वयम्भू महाचैत्यलगायत साँस्कृति सम्पदाको स्थलगत अवलोकन गराइने कार्यक्रम रहेको छ ।

सम्मेलनले समस्त हस्तकला क्षेत्रको साथै मुलुकको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउँदै अध्यक्ष शाक्यले भन्नुभयो, “सम्मलेनका क्रममा संचालन हुने विभिन्न कार्यक्रमले मुलुकको प्रतिष्ठा र गरीमा अभिवृद्धिमा ठूलो योगदान मिल्ने छ ।”

सम्मेलनका क्रममा पुरातत्व विभाग, महासंघ, नेपाल हेरिटेज सोसाइटी र ललितपुर चेम्बर अफ कमर्सको सिफारीशमा कला, संस्कृति र सांस्कृति सम्पदाले शोभायमान ललितपुर महानगरपालिकालाई सांस्कृतिक नगरी घोषणा गरिने उहाँले जानकारी दिनुभयो । सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने बताइएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result