काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा हाललाई घटाउन नसक्ने आयल निगमले बताएको छ ।
एक विज्ञप्ति जारी गर्दै निगमले हाल पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७४ पैसा नाफा रहे पनि डिजलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा, एलपी ग्यासमा प्रति सिलिण्डर ४९९ रुपैयाँ नोक्सानी रहेको जनाएको छ । निगमका कार्यकारी निर्देशक उमेश थानीले भारतीय आयल कर्पोरेसनलाई हाल २३ अर्ब रुपैयाँ तिर्न बाँकी रहेकाले पनि मूल्य घटाउन नसकिएको बताए ।
भारतबाट मंगलबार मात्रै निगमलाई प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको छ । यसअघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्:-