काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई चाहिने समयमै रासायनिक मल उपलब्ध गराउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मंसिरमा कति मल चाहिने हो त्यसको आकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन दिए।
मन्त्रालयको कूल बजेटको ५६ प्रतिशत बजेट रासायनिक मल अनुदानमा रहेको छ। किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै मन्त्रालयले खरिद प्रक्रियालाई सरलीकरण बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-