Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एक महिने ‘बर्खेनाच’

भदौ १, २०७५ ११:०२ मा प्रकाशित
Share on FacebookShare on Twitter

बेनी, १ भदौ / जिल्ला सदरमुकाममा एक महिना लामो ‘बर्खेचान’को रौनक बढेको छ । नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानको रूपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजसम्म विभिन्न नाच देखाएर मनाउने गरिन्छ ।

नेपाल भाषा मंकाःखलःको संयोजनमा घण्टाकर्ण चर्तुदर्शीका दिन साउन १४ गतेदेखि देखाउन सुरु भएको उक्त नाचअन्तर्गत बिहीबार बेनीमा लाखेनाच प्रर्दशन गरिएको थियो । बर्खेनाचमा मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागिनी, रोपाइँ र जोगी नाच देखाउने गरिन्छ ।

परापूर्वकालमा समाजमा दुःख दिँदै आएकोे घण्टाकर्ण नामको राक्षसको हत्यापछि उनसकी श्रीमतीले गरेको पति वियोगको पीडालाई चित्रण गरेर मुखुण्डो लगाएका कलाकारले यस नाचमा अभिनयसहित नृत्यका साथै विभिन्न नाच देखाउन थालिएको मंकाःखलअन्तर्गतको युवाको समूह ल्यामपुचका अध्यक्ष सुविनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बेनीमा बसोबास शुरु भएदेखि नै बर्खे नाच देखाउने परम्परागत चलन रहेको पाइन्छ । उक्त नाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी भएको सन्देशसहित यो नाच समापन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

दिनभर बेनीबजारका विभिन्न क्षेत्रमा लाखे नाच प्रदर्शनपश्चात साँझ गणेश मन्दिर परिसरमा ‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णको रूपधारण गरेका कलाकारले लाखेको मुखुण्डोलाई बध गरेपछि बर्खे नाच समापन गरिन्छ। नाचमा पछिल्लो समय यहाँका युवाले सक्रिय सहभागिता जनाउने गरेका छन् । केही समय अगाडि बर्खे नाचका लागि नयाँ कलाकारलाई तालिमसमेत दिइएको थियो ।

रु १३ लाख बढी भेटी सङ्कलन

बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा साउन महिनामा रु १३ लाख २७ हजार ४५२ भेटी सङ्कलन भएको छ । गत महिनामा परेका चार सोमबारमा पूजा गर्न आएका भक्तजनबाट उक्त भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार अन्तिम सोमबार सबैभन्दा धेरै रु चार लाख सात हजार ६९१ सङ्कलन भएकामा तेस्रो सोमबार रु तीन लाख २३ हजार ९०८, दोस्रो सोमबार रु तीन लाख सात हजार ५८२ र पहिलो सोमबार रु दुई लाख ८८ हजार २७१ भेटी सङ्कलन भएको थियो ।
भगवान शिवको पूजाआराधानाका लागि उपयुक्त महिनाको रूपमा रहेको साउनमा मात्रै गलेश्वरमा एक लाख २० हजार भक्तजन आएको कोषका सदस्यसचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । कोषले मासिक र साप्ताहिक रूपमा सङ्कलित भेटी विवरण सार्वजनिक गर्दै आएको छ । भेटीबाट सङ्कलन हुने रकम गलेश्वरमा पूर्वाधार निर्माण र सामाजिक कार्यमा खर्चिदै आइएको छ ।

कालीगण्डकी नदी किनारको नौ रोपनी जमीनमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा सतीदेवीको गला पतन भएको धार्मिक शास्त्रमा उल्लेख छ ।साउन महिनाको सोमबार, शिवरात्री र बालाचर्तुदर्शीमा विशेष मेला लाग्ने गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result