Sunday, August 23, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सन्दर्भः हरितालिका तीज

भदौ १, २०७७ ७:३२ मा प्रकाशित
Share on FacebookShare on Twitter

 

आचार्य पीपलमणि सिग्देल, न्यूयोर्क

भगवान् विष्णुलाई कन्यादान दिने मातापिताको निर्णयबाट छोरी पार्वती अत्यन्त खिन्न हुन पुग्छिन् । जन्मजन्मदेखि पतिपत्नी सम्बन्ध रहेकाले महादेवसँगमात्रै विवाह गर्ने अन्यथा कुमारी नै रहने पार्वतीको निष्कर्ष रहेपनि मातापितालाई निर्णय सुनाउन असमर्थ हुन्छिन् । साथीको सहयोगमा हरण गरिएर विवाहबाट बच्न तपका लागि जंगलतिर लाग्छिन् । महादेवलाई पतिको रुपमा प्राप्त नगरुन्जेल कठोर तपस्या गर्ने दृढ आकांक्षालाई उच्च सम्मान गर्दै उनका साथीले कसैलाई पनि थाहा नहुने एकान्त स्थलमा भगाइदिएकी हुन्छिन् । इच्छाएको वर प्राप्तिका लागि शरीरलाई कष्ट हुने गरी पार्वतीले शिवको उपासना गर्दा पानी समेत सेवन नगरी व्रत बसेको र त्यसकै प्रभावले महादेव पति पाएको पुराणको प्रमाणमा आधारित भएर हरितालिका तीज पर्व मनाइने प्रचलन शुरु भएको देखिन्छ । त्यसैले हरितालिका तीज समस्त हिन्दु नारीहरुले धुमधामका साथ मनाउने प्रचलन छ । विवाहित नारीले अविच्छिन्न सौभाग्यका साथै पतिको दीर्घायु एवं संवृद्धिका लागि र अविवाहितले इच्छानुकूल योग्य वर प्राप्त गर्ने प्रार्थनासहित शिवको पूजा आराधना गर्ने महान् चाड हो हरितालिका तीज ।
भाद्र शुक्ल तृतीयाको दिन उपवास बसी शिवपार्वतीको पूजाअर्चना गर्नाले धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुनाका साथै आफ्नो सौभाग्य अटुटरुपमा प्राप्त हुने धर्मशास्त्रमा बताइएको छ । भाद्र शुक्ल द्धितीयाका दिन माइती घरमा जम्मा भई दर खाने परम्परा रहेको छ । तीजको दर व्रतको भर भन्ने मान्यताका साथ मीठामीठा खाद्यान्न सेवन गरी भोलिपल्ट व्रत बस्ने गरिन्छ । तृतीयाको दिन व्रतालुहरु प्रातः सबेरै नदी, पवित्रस्थल तथा गंगाजलले स्नान गरी सौभाग्यसूचक सिन्दुर, पोते, चुरा, धागो तथा रातो सारी पहिरेर शिवपार्वती मन्दिरमा जम्मा हुन्छन् । शिवमन्दिर टाढा भए नदीको दोभान, गंगा किनार तथा घरमै पनि जम्मा भएर शिवलिंग स्थापना गरी पूजाअर्चना गर्ने परिपाटी चलेको पाइन्छ । व्रतको दोस्रो दिन भाद्र शुक्ल चतुर्थीका दिन विघ्ननाशक सिद्धिविनायक श्री गणेश भगवान्को पूजाआजा हुने गर्दछ । तीजको तेस्रो दिन भाद्र शुक्ल पंचमी अर्थात् ऋषिपंचमी पर्व पर्दछ । यस दिन अरmन्धतीसहित सप्तऋषिको पूजाअर्चना हुने गर्दछ । ऋषिपत्नीसहित वशिष्ठ, विश्वामित्र, कण्व, भारज, वामदेव तथा शौनक आदि ऋषिवर्गको आराधना गर्नाले ज्ञान, कर्म तथा वैराज्ञको त्रिवेणी प्राप्त हुने बताइएको छ । यस दिन रजस्वला स्त्रीले रजदोष निवृत्तिका लागि व्रत बस्ने र गंगामा गई दतिवनले स्नान गर्ने परम्परा रहेको छ । यस वर्ष तिथि गणना गर्दा अगस्ट २० तारिख बिहीबार दर खाने र २१ तारिक शुक्रबार हरितालिका तीज व्रत, २२ तारिक सोमबार श्री गणेश चतुर्थी व्रत तथा २३ तारिक मंगलबार ऋषिपंचमी पर्व परेको छ । कोभिड १९ का कारण यस वर्ष जुममार्फत् पूजा तथा गायन र नृत्यका गतिविधिहरm निर्धारण गरिएका छन् ।
परिवारको आपसी एकता तथा शान्तिका लागि यस्ता व्रत तथा पर्वहरुले शक्ति प्रदान गर्दछन् । शिव परिवारको विविधतालाई नियाल्ने हो भने पनि धेरै व्यापक ज्ञान आर्जन गर्न सकिन्छ । महादेवको वाहन नन्दी, पार्वतीको वाहन सिंह, गणेशको वाहन मुसो, कुमार कार्तिकेयको वाहन मयुर अनि महादेवको गहना नागदेव । यी सबै जीव प्राकृतिक रmपमा नै ज्यान लिने सम्मका दुष्मन भएपनि एउटै घरमा शान्ति र अमनचैनका साथ रहेको पाइन्छ । यी वाहनहरुले कहिले पनि युद्धको शंखघोष गरेनन्, मिलेर बसे र एकअर्काको सम्मान गरिरहे । हाम्रो परिवारभित्र, देशभित्र अनि विश्व मानचित्रमा अनेर्कौ विविधताका रेखाहरु छन् । विविधता भित्र एकताको पाठ हामी शिव परिवारबाट सिक्न सक्छौं । ती विविध स्वरुपलाई स्वीकार गर्न र एकअर्कालाई सम्मान गर्दै समुन्नत एवं सुसंस्कृत जीवन यापन गर्न पनि यस्ता व्रत तथा पर्वले सिकाउने गर्दछन् अतः किन नारीले मात्रै पुरुषका लागि व्रत बस्नुपर्ने भनेर नारीवादी स्वर भन्दा पनि यस्ता व्रतले पार्ने सकारात्मक प्रभावको ग्रहण गर्दै परिवारिक एकता र विश्वास बढाउनेतिर सबै लाग्नुपर्छ ।
तीज पर्व मानाउने सन्दर्भमा केही परिर्विर्तत घटनाक्रमहरु मौलाउँदै गएको पाइन्छ । तीजको एकदिन पहिले व्रत बस्न शक्ति मिलोस् भनेर दर खान थालिएकोमा आजभोलि २ महिना पहिलेदेखि नै आलोपालो सिद्धान्त जस्तो लाग्ने सदावहार दरको प्रचलन सुरु भएको छ । यस्तो प्रचलनले तीज पर्वको महत्व र उपादेयता कम हुँदै भुँडीपर्वको रुपमा विकसित हुँने डर पैदा भएको छ । साथै यस्तो प्रतिस्पर्धाले सामाजिक विभेदको नयाँ समस्या पनि पैदा हुन सक्छ । तीजमा गाइने गीतमा स्वतन्त्रता, विद्रोह, समालोचना, सच्छन्दता तथा सामाजिक विसंगति विरुद्धको स्वर मुखरित हुने गरेकोमा आजभोलि धार छोडेको तथा छेउ न टुप्पाका गीतमै नाचगान हुनेगरेको देखिन्छ । मौलिक संस्कृति र कला चिन्न सकेनौं भने हामीले आफुलाई पनि चिन्न सक्दैनौं भन्नेतिर व्रतालुहरुको ध्यान जानु जरुरी छ ।
व्रतमा गरिने श्रृंगार पनि स्वाभाविक नभएर घाँटी नहेरी हाड निल्न खोजेको जस्तो देखिन्छ । आफ्नो क्षमताको अन्दाज गरी उपभोग तथा प्रयोग गर्न सकेमात्र मनोरञ्जन हुन्छ अन्यथा ईष्र्या र तृष्णाले आफैंलाई कमजोर बनाउँदै जान्छ ।
उमामहेश्वर, शिवपार्वती, भवानीशंकर आदि नामले पुकारिने भगवान्को विशेष उपासना तथा आराधना हरितालिका तीजको अभीष्ट हो भने धार्मिक माध्यमले आध्यात्मिक एवं साँस्कृतिक चेतनाको प्रस्फुटन पर्वको गहनतम उपलब्धि हो । यो पर्वले सबै नेपालीमा धार्मिक एवं साँस्कृतिक चेतनाको अभिवृद्धि गर्दै एकता र विश्वासको जग बलियो बनाओस् । व्रतको शक्तिले नयाँ उर्जा थप्दै जीवनको गोरेटोमा सुखद् यात्रा होस्: सबै हिन्दु नारीहरुमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result