स्यानफ्रान्सिस्को अमेरिका
नेपाली डायस्फोराका सकृय सामाजिक ब्यक्ति डिल्ली भट्टराईले बे एरियाको हर्किलिस सिटीको काउन्सिलर पदमा उम्मेदवारी दिएका छन् । हाल हर्किलिस सिटीको प्लानिंग कमिशनरको रुपमा कार्यरत रहेका भट्टराईको आगामी नोभेम्वर ५ मा हुने निर्वाचनमा अन्य तीन जना उम्मेदवारसंग प्रतिष्पर्धा हुनेछ ।
लामो समयदेखि बे एरियामा बसोवास गर्दै आएका भट्टराई हर्किलिस हाई स्कुल पिटिओ बोर्डमा उपाध्यक्षको हैसियतमा काम गरेका थिए ।
केही समय अघि उनको निवासमा भएको नेपाली समाजका अगुवाहरुको भेलाले भट्राईको उम्म्दवारी सबै नेपालीहरुको लागि गौरव र प्रतिष्ठाको विषय भएको निश्कर्ष निकाल्दै निर्वाचनमा अघि बढ्न सुझाव दिएको थियो । त्यसपछि भभट्टराईले सिटि काउन्सिलरको पदका हुने निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका थिए ।
उम्मेदवारी दर्तासंगै उनले आफ्नो समुदायको सामाजिक सुरक्षा, साना ब्यवसायको विकास, आर्थिक स्थायित्व र इन्क्लुसिभ कम्युनिटीलाई चुनावी एजेण्डाको रुपमा अघि सारेका छन् । दुरवीनसंग कुरा गर्दै भट्टराईले नेपालीहरु अमेरिकी राजनीति र नेतृत्वको लागि योग्य छन् भन्ने प्रमाणित गर्न र नेपालीहरुको हक हितको लागि आफूले सिटीको काउन्सिलरमा उम्मेदवारी दिएको बताए । उनले हर्किलिस सिटिमा बसोवास गर्ने र बे एरियामा रहेका नेपालीहरुवाट निकै उत्साहजनक सहयोग पाइरहेको र केही दिनमै आफ्नो कार्ययोजनाका साथ आउने पनि बताए ।
नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरका कार्यवाहक सभापति नारायण खनालले भट्राईको उम्मेदवारीले नेपाली समुदायमा नयाँ उत्साह थपेको बताउदै सबै नेपालीले आ आफ्नो तर्फवाट सबै प्रकारको सहयोग गर्नुपर्ने बताए । क्यालिफोर्नियाका लागि पूर्व पर्यटनदूत विजय चौधरीले डिल्ली भट्राईको उम्मेदवारीलाई डायस्फोराका नेपाललीले गौरवको रुपमा लिनुपर्ने बताए । भट्टराई गैर आवासिय नेपाली संघ अमेरिकाका पूर्व उपाध्यक्ष समेत हुन ।
आगामी नोभेम्वर ५ मा हुने सिटीको निर्वाचनमा भट्टराई संगै अन्य तीन जनाले पनि उम्मेदवारी दिएका छन् । जम्मा तीन जदको लागि हुने निर्वाचनमा उनको उम्मेदवारीलाई सिटिका महत्वपूर्ण ब्यक्तिहरुले अनुमोदन गरेका कारण उनको विजयको संभावना रहेको बताइन्छ । निर्वाचन जितेको खण्डमा उनलाई हर्किलिस सिटीको मेयर समेत बन्ने वाटो खुल्नेछ किनकी हर्किलिसमा सिटि काउन्सिलरवाट मेयर र भाइस मेयर छनौट गर्ने ब्यवस्था रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-