काठमाडौं । परराष्ट्र मन्त्री आरजु देउवा र भारतीय समकक्षी डा. एस. जयशंकरबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
उनीहरुबीच सोमबार नयाँ दिल्लीस्थित हैदरावादमा भेटवार्ता भएको हो ।
सामाजिक सञ्जाल एक्समै भेटवार्ताबारे पोस्ट गर्दै भारतीय विदेशमन्त्री जयशंकरले ऊर्जा, व्यापार, यातायात र पूर्वाधारसहित दुवै देशका अन्य धेरै बहुआयामिक विषयमा सहकार्यबारे छलफल भएको जानकारी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-