Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चिनीया प्रविधिको मकै नेपालमा

भदौ ७, २०७५ १०:५१ मा प्रकाशित
चिनीया प्रविधिको मकै नेपालमा
Share on FacebookShare on Twitter

काठमाडौं, ७ भदौ / मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउने र दक्ष जनशक्ति तयार गर्ने अभिप्रायले सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाका लागि तालीम आयोजना गरिएको छ ।

हाइब्रिड मकै उत्पादनसम्बन्धी विभिन्न प्रविधिका बारेमा जानकारी दिन आयोजित सो तालीममा कृषि मन्त्रालय, कृषि विभाग, नार्क र सरकारी एवं निजी बीउबिजन उत्पादक कम्पनीका विज्ञ, वैज्ञानिक र प्राविधिकलगायत ३५जनाको सहभागिता छ । नेपालमै मकैको हाइब्रिडको बीउ उत्पादन हुनसक्ने तालीममा सहभागीले जनाएका छन् ।

उक्त तालीम सञ्चालाका लागि चीन सरकारको वाणिज्य मन्त्रालयले नेपाल सरकारलाई सहायता प्रदान गरेकामा कृषि मन्त्रालयअन्तर्गतको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र चीनको युआन लोङपिङ हाइटेक कृषि कम्पनीले सामूहिक रूपमा कार्यक्रम गरिरहेका छन् । तालीममा दुईदेशका विज्ञबीच मकैको उत्पादन र उत्पादकत्व बढाउन चिनियाँ प्रविधिसहितको विविध विषयमा ज्ञान, अनुभव र प्रविधि साटासाट गरिएको छ

पछिल्लो समय मकै खाद्य बालीका साथै नगदेबालीका रूपमा समेत स्थापित हुनुका साथै नेपालमा धानपछिको दोस्रो महत्वपूर्ण बालीको रूपमा लिइएको छ । मकैले सिङ्गो बालीजन्य उत्पादनको २० प्रतिशत हिस्सा ओगटेको छ भने पहाडी किसानका लागि मकैखेती जीवन निर्वाहको महत्वपूर्ण आधार बनेको जानकारहरूको भनाइ छ । नेपालमा झण्डै आठ लाख ५० हजार हेक्टर जमीनमा मकैखेती गरिने र प्रत्येक वर्ष १५ लाखदेखि १७ लाख मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ । नेपालमा मकैको उत्पादकत्व प्रतिहेक्टर एक दशमलव आठदेखि दुई टनको हाराहारीमा रहेकामा हाइब्रिड मकैखेती अवलम्बन गर्दा सातदेखि आठ टनसम्म फल्ने चिनियाँ वैज्ञानिक तथा मकैविज्ञ वाङ चिसङ बताउनुहुन्छ ।

स्वदेशमै हाइब्रिड मकैको बीउ उत्पादन भएपछि यसको मूल्य घटने र कृषकको लागत पनि न्यून हुने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका संयोजक तथा वैज्ञानिक डा केशवबाबु कोइरालाको भनाइ छ ।

हाल सिफारिश गरिएका मकैका सात बीउमध्ये दुई जलवायु परिवर्तन अनुकूल रहेको उल्लेख गर्दै उहाँ हाइब्रिड मकै खाद्य सुरक्षाका लागि र आयात प्रतिस्थापन गर्न पनि आवश्यक भएको तर यसमा राज्यको लगानी अझै नपुगेकाले जनशक्ति, बजेट र प्रविधिमा थप लगानी गर्नपर्ने औँल्याउनुहुन्छ ।
व्यापक प्रयासका बीच पनि नेपालमा मकै उत्पादन र उत्पादकत्वमा उल्लेख्य प्रगति नभएको सन्दर्भमा यो तालीम उपयोगी हुने चर्चा गर्दै चिनियाँ वैज्ञानिक वाङ यो तालीम नेपालमा पहिलो पटक भएको र चीनको सहकार्य निरन्तर रहने बताउनुुुहुन्छ ।

मकै उत्पादनका क्षेत्रमा दुई देशबीचका प्रविधि साटसाट गर्न, नेपालमा मकैखेतीबारे अनुसन्धान तथा विकास गर्न, नेपालमा मकै खेतीमा नयाँ प्रविधि अवलम्बन गर्न र दक्ष मानव संशाधन उत्पादन गर्न सहयोग पुग्ने डा कोइराला विश्वास व्यक्त गर्नुहुन्छ । तालीममा मकैको ब्रिडिङ प्रविधि, उत्पादन प्रविधि, उच्च गुणस्तरसहितको मकै लगाउने तरिका र मकै पाकेपछि गरिने प्रशोधन प्रविधिकाबारे छलफल, अनुभव साटासाट, अन्तरक्रिया र स्थलगत अध्ययन गरिएको ४६ दिने सो तालीमको मुख्य केन्द्रविन्दू रामपुरलाई बनाइएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result