काठमाडौं । आज टुँडिखेलमा शीर्ष नेता सहभागी भएर गौरा पर्व मनाउने क्रममा उनीहरु विरुद्ध नाराबाजी भएको छ ।
आज दिँउसो टुँडिखेलमा भइरहेको गौरा पर्व विशेष कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, भीम रावललगायत नेताहरु सहभागी भएको कार्यक्रममा नाराबाजी भएको हो । युवाहरूको समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य सुरु गरेलगत्तै उनीहरूले नाराबाजी गरेका थिए।
त्यलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मन्तव्य दिन आएका थिए। उनले सुरूमै नाराबाजी गर्नेहरूमाथि असन्तुष्टि व्यक्त गरेका थिए। गौरा पर्व मनाउँदै गर्दा कार्यक्रम नै बिथोल्न खोजेको भन्दै सभापति देउवा आक्रोशित बनेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-