अमेरिका २६ अगष्ट
शेर्पा संघ अमेरिकाको पहिलो अधिवेशनबाट निमा शेर्पा अध्यक्षमा निर्वाचित भएका छन् । न्यूयोर्कमा आइतवार आयोजित अधिवेशनले शेर्पालाई अध्यक्षमा चयन गरेको हो । शेर्पा समुदायको धर्म संस्कार संस्कृतिको जगेर्ना , आपसी सद्भाव, सहयोग र सामुदायिक हितका लागि शेर्पा समाज अमेरिका गठन गरिएको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बौद्य धर्मगुरु अवतारी लामा टुर्को रेम्पोचेले बौद्ध मन्त्र उच्चारण गरी बत्तिवालेर अधिवेशनको उद्घाटन गरेका थिए । साथै उनले शेर्पा संघ अमेरिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराए । कार्यक्रमका विशेष अतिथि लुम्विनि विकाश कोषका पूर्व सदस्यसचिव तथा शिक्षक संघका पुर्व उपाध्यक्ष आङदावा शेर्पाले नवनिर्वाचि पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा शेर्पा किन्दुका महासचिव टेन्डि शेर्पा, नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा लगायत शेर्पा समुदायका प्रतिष्ठित ब्यक्तिहरुको सहभागिता रहेकोकक थियो । सगरमाथा आरोहण गरेर गिनिजवुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका थुप्रै्र शेर्पाहरु अहिले अमेरिकामा रहेका छन् । पर्वतारोहीका नामले विख्यात शेर्पाहरु अमेरिकामा ब्यपार ब्यबसाय र विभिन्न पेशामा संलग्न छन् ।








प्रतिक्रिया लेख्नुहोस्:-