अमेरिका, लस एन्जलस, २६ अगस्ट/ लसएन्जल्समा बसोबास गर्ने कलाकारहरूले आफ्नो सहकार्यमा निर्माण गरेको “भन पहिले” बोलको म्युजिक भिडियो हिजो सार्वजनिक गरेका छन् । भिडियोलाई नेपाल अमेरिका पत्रकार संघ ( नेजा) को अध्यक्ष सुदिप पन्तको हातबाट सार्वजनिक गरिएको थियो ।
नेपालमा रहँदा विभिन्न विधामा सक्रिय कलाकर्मीहरू प्रवासमा रहेर पनि नेपाली कला साहित्य र संस्कृतिको जगेर्ना गर्ने उध्येश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेका छन् ।
सो म्युजिक भिडियोमा एस .राज प्रोडक्शनका निर्देशक एस. राज(शंकर वाग्ले)को गीत रचना, भिडियो तथा निर्देशन रहेको छ भने स्वर/ सङ्गीत गायककार नरेन्द्र प्यासीको रहेको छ । एस. राज नेपाली चर्चित टेलिफ़िल्म मेरी बास्सैमा राईफलेका रूपमा प्रस्तुत भएका थिए भने कान्तिपुर टेलिभिजनको घरबेटी -बा टेलिश्रखलामा समेत प्रमुख भूमिकामा रहेर अभिनय गरेका थिए । कलाकारहरू यम चापागाई, रोशिना कोईराला, अमित लुईटेलको मुख्य भूमिका रहेको भिडियोमा विदुर पाठकले स्क्रिन प्लेको भूमिका गरेका छन् ।
जन्म दिनको अवसरमा एस राज (शंकर राज वाग्ले) ले म्युजिक भिडियो एस राज प्रोडक्सनबाट सार्वजनिक गरेका छन् । कार्यक्रममा लसएन्जल्सबासी पत्रकारहरू ,फेरी भेटौला भन्ने नेपाली फिल्मको नायक रत्न थापा लगायत सङ्गीतलाई माया गर्ने व्यक्तित्व तथा कलाप्रेमीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-